काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.५४ रुपैयाँ र बिक्रीदर १३८.१४ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन पनि डलरको यही सटहीदर कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १५९.९० रुपैयाँ र बिक्रीदर १६०.६० रुपैयाँ कायम छ । आज एक पाउण्डको खरिददर १८४.४२ रुपैयाँ र बिक्रीदर १८५.२३ रुपैयाँ कायम छ ।
१० जापानी येनको खरिददर ९.२४ रुपैयाँ र बिक्रीदर ९.२८ रुपैयाँ,एक युएई डिरामको खरिददर ३७.४५ रुपैयाँ र बिक्रीदर ३७.६१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१६ रुपैयाँ र बिक्रीदर १९.२५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.३९ रुपैयाँ र बिक्रीदर ३२.५३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३७.७३ रुपैयाँ र बिक्रीदर ३७.९० रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८९ रुपैयाँ र बिक्रीदर ९.९३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४४९.८३ रुपैयाँ र बिक्रीदर ४५१.७९ रुपैयाँ कायम भएको छ ।