शुक्रबार, श्रावण १६,२०८२ 03:10:32
  • शुक्रबार, श्रावण १६,२०८२ 03:10:32
Global IME Bank Limited

आईपीओको तयारीमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले कमायो १२.७५ लाख नाफा

Hyundai Nepal
आईपीओको तयारीमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले कमायो १२.७५ लाख नाफा
Shivam Cement

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको नाफा र खुद बीमाशुल्क आर्जन बढेको छ ।  

कम्पनीले समीक्षा अवधिसम्म १२ लाख ७५ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ७९.४६ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने कम्पनीले ७ लाख १० हजार रुपैयाँबराबरको खु्द नाफा आर्जन गरेको थियो ।  

Muktinath Bikas Bank Limited

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ । कम्पनीले ५ करोड ६७ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०९८.६७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४७ लाख ३० हजार रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

कम्पनीको कुल आम्दानी पनि १०७.३१ प्रतिशतले बढेर १२ करोड ५६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको खुल खर्च समेत बढेको छ । अघिल्लो आवसम्म ५ करोड ९३ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर १२ करोड २ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीको दाबी भुक्तानी पनि २७ लाख ३१ हजारबाट बढेर २ करोड ६ लाख पुगेको छ ।  

कम्पनीको महाविपत्ती कोषको आकार २ लाख ३१ हजार र रिटेन्ड अर्निङको आकार ५ लाख ३३ हजार रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.२४ रुपैयाँ रहेको छ ।  

कम्पनीले सर्वसाधारणका लागि छ्ट्टाइएको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने गर्ने तयारी गरेको छ । आईपीओ निष्कासनको अनुमति माग गर्दै कम्पनीले २०८१ असोज २० गते नेपाल धितोपत्र बोर्डमा आवेदन समेत दिएको छ ।  बोर्डबाट अनुमति पाएसँगै कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.