काठमाण्डौ । टिभिएस नेपालले, नाइमा २०२५ अटो शोको तेस्रो दिन आफ्नो एनटर्क डिस्कएफआई स्कूटरको नयाँ कलर भ्यारीएन्ट सार्वजनिक गरेको छ । पाँचदिनसम्म चल्ने यो अटो शोमा ५० भन्दा बढी स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले गाडी, इलेक्ट्रिक सवारी (इभी), हाइब्रिड र वातावरणमैत्री सवारीहरू प्रदर्शन गर्नेछन् ।
एनटॉर्क डिस्कएफआई स्कूटर स्टल नम्बर एल३ए, हल बीमा तर्कोइस ब्लु र नार्दो ग्रेका दुई आकर्षक रंगहरु सार्वजनिक गरेको छ ।
आधुनिक यात्रुहरूलाई ध्यानमा राखी डिजाइन गरिएको एनटर्क डिस्कएफआईमा स्मार्ट प्रविधि र पफोर्मेंसलाई संयोजन गरिएको छ । परिष्कृत १२४.८ सिसीको ३–भल्भ फ्युल–इन्जेक्टेड इन्जिनले यो स्कूटरलाई सहज र शक्तिशाली बनाउँछ । जसले करिब ४५ किलोमिटर प्रतिलिटरको माइलेज दिन्छ । रेसिङ शैलीबाट प्रेरित यसको आकर्षक डिजाइन र टि–आकारको एलईडी टेलल्याम्पले नेपाली सडकहरूमा सबैको ध्यानआकर्षण निश्चित छ ।
नेपाली बजारको लागि रु २ लाख ८२ हजार ९०० मूल्य निर्धारण गरिएको नयाँ एनटर्क डिस्कएफआई भेरियएन्टहरुमा यस सेगमेन्टमै अगाडि रहने विशेषताहरू समावेश गरिएका छन् ।
–SmartXonnect ब्लुटुथ कननेक्टिभिटी
–टर्न–बाइ–टर्न नेभिगेसनसहितको पूर्ण डिजिटल मिटर
–उत्कृष्ट ब्रेकिङ नियन्त्रणको लागि अगाडिको डिस्क ब्रेक
–युएसबीचार्जिङ पोर्ट
–दैनिक प्रयोगमा सजिलो हुने बाहिरी फ्युलफिलिङ
शैली, सुरक्षा र स्मार्ट फिचरको समायोजनले यो स्कूटरलाई आफ्नो क्लासमा एक उत्कृष्ट विकल्प बनाएको छ ।