काठमाण्डौ । बढ्दो महँगीको बीच यदि तपाईं आफ्ना सपना पुरा गर्न चाहनुहुन्छ, भने आजैदेखि बचत र लगानी गर्ने बानी बसाल्नु आवश्यक हुन्छ । यदि तपाईं सिस्टेमेटिक इन्भेस्टमेन्ट प्लान (एसआइपी(जस्ता सजिलो र सुरक्षित विकल्प अपनाउनुहुन्छ भने तपाइको बच्चाहरूको पढाइ, घर किन्ने योजना वा रिटायरमेन्टको तयारी यी सबै सम्भव छन् ।
प्रायः कम तलब हुनेहरूलाई कसरी थोरै पैसामा एसआइपी सुरु गर्ने भन्ने चिन्ता हुन सक्छ, तर साँचो कुरा यो हो कि दैनिक चिया खाने खर्चबराबरको रकमबाट पनि एसआइपी गरेर लाखपति बन्न सकिन्छ ।
एसआइपीमा दैनिक ३५ रुपैयाँ देखि ५० रुपैयाँसम्म जम्मा गरेर पनि लगानी गर्न सकिन्छ । नेपालमा सञ्चालित मर्चेण्ट बैंकहरुले एसआइपीमा मासिक एक हजार रुपैयाँदेखि लगानी गर्न सकिने व्यवस्था ल्याएका छन् । तपाई दैनिक रुपमा ३५ रुपैयाँ जम्मा गर्न सक्नुहुन्छ भने पनि एसआइपीमा जोडिन सक्नुहुनेछ ।
चक्रवृद्धिले देखाउँछ जादु
वास्तवमा समयसँगै कम्पाउन्डिङको जादुले तपाईंको सानो बचतलाई ठूलो फन्डमा परिवर्तन गर्छ, जसले तपाईंका ठूला सपना वास्तविकतामा बदल्न सक्छ । एसआइपी भनेको म्युचुअल फन्डमा लगानी गर्ने यस्तो माध्यम हो, जहाँ तपाईंले साना–साना रकमबाट पनि ठूलो फन्ड तयार गर्न सक्नुहुन्छ ।
लामो समयसम्म निरन्तर एसआइपीमा लगानी गर्ने हो भने चक्रवृद्धिको प्रभाव स्पष्ट देखिन्छ, र तपाईंको सानो बचतले पनि ठूलो धन सम्पत्तिमा रूपान्तरण लिन सक्छ ।
कति बचत गर्ने ?
यदि तपाईं दिनको ५० रुपैयाँ बचत गर्न सक्नुहुन्छ भने सोही हिसाबले महिनाको १५०० सय रुपैयाँ एसआइपीमा लगानी गर्न सकिन्छ । यस्तो सानो बचतले पनि लामो समयमा ‘पावर अफ कम्पाउन्डिङ’ को माध्यमबाट तपाईंको पैसा धेरैगुणा बढाउन सक्छ ।
यसमा केवल तपाईंले लगाएको मूल रकममा मात्र होइन, त्यसबाट कमाएको ब्याजमा पनि फेरि ब्याज जोडिन्छ । यही कारणले १५०० रुपैयाँ को मासिक एसआइपीमा लामो समयको लागि तपाईंलाई लाखपति बनाउने सबैभन्दा उत्कृष्ट विकल्प मानिन्छ ।
दैनिक ५० रुपैयाँको बचतले लखपति
यदि तपाईं प्रत्येक दिन ५० रुपैयाँ जोगाएर महिनाका १५ सय रुपैयाँ एसआइपीमा लगानी गर्नुहुन्छ र वार्षिक औसत १२ प्रतिशत प्रतिफल प्राप्त हुन्छ भने २५ वर्षमा तपाईंको कुल लगानी रकम ४ लाख ५० हजार हुनेछ र परिपक्वपश्चात् फन्ड २५ लाख ५० हजार पुग्नेछ । यो गणना १२ प्रतिशत प्रतिफलको आधारमा गरिएको हो ।
तर यदि यही प्रतिफल १५ प्रतिशत वार्षिकको दरले प्राप्त भयो भने २५ वर्षमा फन्ड अझै ठुलो बन्न सक्छ । १५ प्रतिशत प्रतिफलको आधारमा कुल लगानी रकम ४ लाख ५० हजार हुनेछ, जसमा वेल्थ गेन ३६ लाख ८० हजार हुनेछ र कुल फन्ड ४१ लाख ३९ हजार पुग्नेछ ।
यदि तपाईं अहिले २५ वर्षको हुनुहुन्छ भने १५ सय जतिको सानो रकम तपाई एसआइपीमा जम्मा गर्न सक्नुहुन्छ । तपाईं दैनिक खर्चमा केही नियन्त्रण गरेर पनि एसआइपी सुरु गर्न सक्नुहुन्छ । मासिक १५ सय जम्मा गरेर तपाईंलाई ५० वर्षको उमेरसम्ममा धनी बनाउन सक्छ ।
वास्तवमा एसआइपीको माध्यमबाट तपाईं एक बलियो आर्थिक कोष (फाइनान्सियल फन्ड) पनि तयार गर्न सक्नुहुन्छ ।
नोटः यो लेख केवल जानकारीको लागि मात्रै हो । यदि तपाई साच्चिकै एसआइपीमा लगानी गर्न चाहानुहुन्छ भने कुनै योग्य वित्तीय सल्लाहकारको सल्लाह लिन सक्नुहुनेछ ।