• सोमबार, श्रावण २६,२०८२ 02:19:59
Global IME Bank Limited

भदौ ३ देखि सुरु हुने नाडा अटो शोको उद्घाटन प्रधानमन्त्रीले गर्ने

Hyundai Nepal
भदौ ३ देखि सुरु हुने नाडा अटो शोको उद्घाटन प्रधानमन्त्रीले गर्ने
Shivam Cement

काठमाण्डौ । आगामी भदौं ३ गतेदेखि काठमाण्डौको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शोको १७ औं संस्करणको समुद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।  

साउन २५ गते आइतबार नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलको निमन्त्रणालाई स्वीकार गरी प्रम ओलीले समुद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित हुने वचन दिएका बताइएको छ । 

Shivam Cement
Muktinath Bikas Bank Limited

आइतबार भएको भेटघाटमा नाडा प्रतिनिधि मण्डलको अटो शो समुद्घाटन समारोहमा प्रमुख आतिथ्यता ग्रहण गर्ने आग्रहलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सहर्ष स्वीकार गर्नु भएको छ । नाडाले जारी गरेको एक विज्ञप्तिमा भनिएको छः यसबाट अटोमोवाइल व्यवसायीहरुले थप हौसला र प्रेरणा मिलेको महशुस गरेका छन् ।  

सो भेटका क्रममा नाडा अध्यक्ष चौधरीले नाडा स्थापनाको ५० औं वार्षिकोत्सव मनाउने क्रममा रहेको र नाडाले १७औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी दिएका थिए । उनले यसपटकको शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू, विन्टेज मोटर शो, पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका UNITREE रोबोट्स् र DeepaleVTOL UAV जस्ता आकर्षक र भविष्यउन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुने जानकारी गराएका थिए ।  

सो भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेल समेतको उपस्थिति थियो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.