काठमाण्डौ । सिद्धार्थ क्यापिटलबाट सञ्चालित तीनवटा बन्दमुखी म्युचुअल फण्डले आर्थिक वर्ष २०८१-८२ को नाफाबाट इकाईधनीका लागि लाभांश घोषणा गरेका छन् ।
क्यापिटलले सिद्धार्थ इक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का इकाईधनीका लागि लाभांश घोषणा गरेको हो ।
आर्थिक वर्ष २०८१-८२ का लागि सिद्धार्थ इक्वीटी फण्डका इकाईधनीलाई करसहित २० प्रतिशत लाभांश वितरणको घोषणा गरिएको छ ।
यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीका लागि पनि करसहित २० प्रतिशत प्रतिफल घोषणा भएको छ ।
यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का इकाईधनीलाई भने करसहित १७ प्रतिशत लाभांश वितरणको घोषणा भएको छ। तीनवटै फण्डको प्रवद्र्धक कम्पनी सिद्धार्थ बैंक हो ।