काठमाण्डौ । माछापुच्छ्रे बैंक पाल्पा शाखाले रिब्दिकोट गाउँपालिका वडा न ५ मा अबस्थित लक्ष्मि आधारभूत विद्यालयलाई आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साउण्ड स्पिकर र कार्पेट हस्तान्तरण गरेको छ।
विद्यार्थीहरुको दैनिक एसेम्ब्ली तथा अन्य विविध कार्यक्रम सञ्चालनको लागि सहजीकरण हुने र बाल कक्षा सञ्चालनको लागि कार्पेटले ठूलो भुमिका खेल्ने भन्दै बैंकले उक्त कार्यक्रमको आयोजना गरेको हो।
उक्त कार्यक्रमको अध्यक्षता सोही विद्यालयका प्रअ मिना कुमारी पचभैयाले गरेकी थिइन् र प्रमुख अतिथिको रुपमा बैंकका शाखा प्रबन्धक बिक्रान्त राणाले गरेका थिए । कार्यक्रममा बैंकका सञ्चालक प्रमुख शिबम पचभैया, कनिष्ठ सहायक सुमन पराजुली, बिरेन्द्र रावल, नारायण झेडी लगायत शिक्षक शिक्षिका, विधार्थीहरुको उपस्थिति थियो।
सोही कार्यक्रमको सञ्चालन ऋषिराम भुसालले गरेका थिए । उक्त कार्यक्रममा शाखा प्रबन्धकले ग्रामीण क्षेत्रमा सञ्चालित विद्यालययहरुलाई सहयोग गर्न पाउदा खुसी ब्यक्त गरे र आगामी दिनहरुमा यस्ता कार्यक्रम पुन गर्ने प्रतिबद्धता जाहेर गरे भने सोही स्कुलका प्रअ मिना कुमारी पचभैयाले यस्तो किसिमको सहयोग बिधालयमा पहिलो पटक भएको भन्दै बैंकलाई धन्यवाद दिइन् ।