Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:40:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल माइक्रो इन्स्योरेन्सको नाफा ४३.९१% घट्यो, इपीएस कति ?

Laxmi Sunrise Bank Limited
नेपाल माइक्रो इन्स्योरेन्सको नाफा ४३.९१% घट्यो, इपीएस कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्सको खुद नाफा ४३.९१ प्रतिशतले घटेको छ । गत आवको अन्त्यसम्म कम्पनीले जम्मा १६ लाख ५७ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा झण्डै आधा कम हो । अघिल्लो आवमा नेपाल माइक्रो इन्स्योरेन्सले २९ लाख ५४ हजार रुपैयाँ नाफा कमााएको छ थियो । 

Bizshala
New Office
CG Motors

सो अवधिसम्म कम्पनीले ७ करोड ६० लाख रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ । यो प्रिमियम रकम अघिल्लो आवको तुलनामा ३१०.३६ प्रतिशत बढी हो । यता कम्पनीको लगानी आम्दानी घटेका कारण नाफामा संकुचन देखिएको हो । कम्पनीको यस्तो आम्दानी १३.०६ प्रतिशतले घटेर ३ करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ ।

यसका साथै कम्पनीले गत आवमा ५ करोड ३८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको छ । यो दाबी भुक्तानी रकम अघिल्लो आवको तुलनामा ७०७.५४ प्रतिशत बढी हो । अघिल्लो आवमा यो कम्पनीले जम्मा ६६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिएको थियो । 

कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ रहेकोमा बीमा कोषमा १७ करोड १९ लाख र महाविपत्ती कोषमा ४ लाख रुपैयाँ मात्रै संचित रहेको छ । कम्पनीको ईपीएस सो अवधिसम्म ०.३४ रुपैयाँ घटेर ०.२२ रुपैयाँ कायम भएको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ ९९.८६ रुपैयाँ र कायम पोलिसी संख्या १ लाख ६ हजार ५५३ रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.