बुधबार, भाद्र ४,२०८२ 06:54:04
  • बुधबार, भाद्र ४,२०८२ 06:54:04
Global IME Bank Limited

सामान्य अंकले घट्यो नेप्से, कारोबार साढे दुई महिनाकै न्यून

Hyundai Nepal
सामान्य अंकले घट्यो नेप्से, कारोबार साढे दुई महिनाकै न्यून
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.३४ प्रतिशत अर्थात ९.७० अंकले घटेर २ हजार ७६७.२० विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४४ प्रतिशतले घटेर ४७४.९६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ५२ लाख ६६ हजार ६१७ कित्ता सेयर ५ अर्ब २० करोड ७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे प्राविधिक विश्लेषक सुवासचन्द्र ढुङ्गाना भन्छन्,  ‘सिजिनल रुपमा पनि यतिबेला बजार साइडवेजमा जाने समय हो । प्रायः गरेर बजार असार–साउन बढ्ने र भदौ–असोजमा घट्ने गरेको पाइन्छ । यतिबेलाको कारोबारले पनि यो कुरालाई पुष्टि गरेको छ । प्राविधिक रुपमा २७२५ देखि २७५० सम्मको विन्दु सपोर्ट लेभलमा देखिन्छ ।’

यद्यपी बजारमा दशैं अघि एउटा मूभ आएको खण्डमा २८ सय देखि २८५० सम्मको स्विङ देखिने उनले बताए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै अर्का बजार जानकार सुमन कुमार रिजालले सपोर्ट जोनमा एक्युमुलेशन चल्दै गरेको बताए । ‘बजारमा लगानीकर्ता पर्ख र र हेरको अवस्थामा देखिन्छन् । कारोबार पनि सुस्त भएको छ,’ उनले भने ।      

आजको कारोबार पछिल्लो साढे दुई महिनापछिकै न्यून हो । गत जेठ २१ मा ५ अर्ब १६ करोड बढीको कारोबार भएको थियो । त्यसपश्चात आज ५ अर्ब २० करोडको कारोबार भएको छ ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज होटल समूह र म्युचुअल फण्ड समूह क्रमशः २.३५ र ०.१५ प्रतिशतले बढे ।  

विकास बैंक समूह आज सर्वाधिक घट्यो । यो समूह आज ०.६५ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि ०.०६ प्रतिशत, फाइनान्स ०.४६, हाईड्रो ०.४२, लगानी ०.३६, जीवन बीमा ०.२३, उत्पादन तथा प्रशोधन ०.६३,लघुवित्त ०.२४, निर्जीवन बीमा ०.५८, अन्य ०.०२ र व्यापार समूह ०.३९ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २५ करोड ९ लाख बढीको कारोबार भयो ।  

यस्तै हिमालयन रि इन्स्योरेन्सको २१ करोड ७६ लाख, चन्द्रागिरी हिल्सको १९ करोड ४० लाख, युनाइटेड मोदी हाईड्रोको १२ करोड ५५ लाख र राधी विद्युत कम्पनीको १२ करोड २१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज विकाश हाईड्रोको सेयरमूल्य १० प्रतिशतले बढ्यो । चन्द्रागिरी हिल्सको मूल्य पनि आज ७.४२ प्रतिशत र सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य ३.८४ प्रतिशतले बढ्यो ।  

यस्तै आज पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्यमा आज ९.०३ प्रतिशतको गिरावट आयो । यो दिन अपर स्याङ्गे हाईड्रोको सेयरमूल्य ४.६० र अपरहेवा खोला हाईड्रोको सेयरमूल्य ३.४० प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X