Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:43:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कोभिडकालपछि सुदन गुरुङसँग कुनै सम्बन्ध नरहेको इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपको प्रष्टोक्ति

हिल्टन होटल लगायतका व्यवसाय नयाँ शिराबाट सुरु गर्ने घोषणा

Laxmi Sunrise Bank Limited
कोभिडकालपछि सुदन गुरुङसँग कुनै सम्बन्ध नरहेको इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपको प्रष्टोक्ति
Shivam Cement

काठमाण्डौ । इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपले एक संयुक्त विज्ञप्ति जारी गर्दै जेन जेडका अगुवा सुदन गुरुङसँग आफूहरुको कोरोनाकालमा चिनजान भए पनि त्यसयता कुनै सम्बन्ध र सहकार्य नभएको प्रष्ट पारेका छन् ।  

इन्फिनीटि होल्डिङ्सका अध्यक्ष दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक साहिल अग्रवालले सोमबार एक संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमहरुमा सुदन गुरुङसँग आफ्नो नाम जोडेर गलत सूचना फैलाइएपछि ध्यानाकर्षण भएको जनाएका हुन् । 

Bizshala
New Office
CG Motors

"विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीको समयमा हामीले व्यावसायिक धर्मबाट माथि उठेर मानव सेवामा पुण्य कर्म गर्नुपर्दछ भन्ने उद्देश्यले ‘हामी नेपाल’ नामक संस्थासँग हातेमालो गरेका थियौं । त्यस क्रममा हजारौं विपत्तिमा पर्नुभएका आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूको उपचार र पुनस्र्थापनामा सहयोगी हात बढाएका थियौं, जसका कारण हजारौंको ज्यान जोगिन पुग्यो र त्यसमा हामीलाई गर्व पनि छ । उक्त महामारीका समयमा ‘हामी नेपाल’ संस्था र त्यसका नेतृत्वकर्ता सुदन गुरुङसँग चिनजान भएको थियो । त्यही क्रममा हामीले कोरोना प्रभावित नेपालीहरुलाई सहयोग गर्न उहाँहरुलाई परिचालन पार्टनर छनौट गरेका थियौं । त्यसयता उक्त संस्थासँग हाम्रो कुनै सहकार्य नभएको समेत स्पष्ट पार्न चाहन्छौं ।" विज्ञप्तिमा भनिएको छ- "हामीले उक्त सहयोग पारदर्शीरुपमा सामाजिक उत्तरदायित्व(सीएसआर) अन्तरगत गरेका थियौं र त्यतिबेलै हामीले सार्वजनिकरुपमा प्रेस बक्तब्यमार्फत् जानकारी गराएका थियौं । उक्त संस्थाले आफ्नो वेबसाइटमा पनि हामीले गरेको सहयोगलाई पारदर्शीरुपमै उल्लेख गरेर हाम्रो संस्थाका लोगोहरु प्रयोग गरेको रहेछ । त्यसयता निज सुदन गुरुङ र उनको संस्थासँग हामीले कुनै पनि सहकार्य गरेका छैनौं । उनी र उनको समूहको राजनीति र संस्थागत गतिविधिसँग हाम्रो कुनै सरोकार र सम्बन्ध छैन ।"  

कुनै सरोकार र सम्बन्ध नै नभएको विषय ल्याएर सञ्चारमाध्यमहरुले शंकर ग्रुप र इन्फिनिटी होल्डिङ तथा यसका सञ्चालकहरुसँग सुदन गुरुङका अहिलेका गतिविधिलाई जोडने र भ्रामक खबरहरु प्रकाशन गरेकोप्रति विज्ञप्तिमा दुःख व्यक्त गरिएको छ । "यस सन्दर्भमा कुनै पनि सञ्चारमाध्यमले हामीसँग सोधखोज गरेका छैनन्, सत्यतथ्य नखोजी अनुमानका भरमा समाचार प्रकाशन/प्रसारण गरेको देखिएको छ ।"-विज्ञप्तिमा अगाडि भनिएको छ ।

नेपालमा यति ठूलो जोखिम मोलेर लगानी गर्नु के हाम्रो गल्ती थियो ? हाम्रो सारा मिहिनेत र सपनाहरूसँगै यस विशाल धरोहर खरानी भएबाट हामी विक्षिप्त भएका छौं ।

जेनजी आन्दोलनका नाममा अराजक समूहहरुले यी दुई संस्थाबाट प्रर्बद्धित भर्खरै सञ्चालनमा आएको होटल हिल्टनलाई आगो लगाएर ध्वस्त बनाएका थिए । सो घटनाको विषयमा पनि दुवै संस्थाले पहिलो सार्वजनिक प्रतिक्रिया व्यक्त गरेका छन् । "विभिन्न बाधाव्यवधानका बाबजुद हाम्रो अथक मिहिनेत र परिश्रमपछि जगदम्बा हस्पिटालिटी समूहको ब्यानरमा सञ्चालनमा आएको यो अन्तर्राष्ट्रिय चेन होटल खरानीमा परिणत भएको छ । यसबाट भौतिक क्षति मात्र भएको छैन, नेपालको व्यापारिक क्षेत्र, पर्यटन क्षेत्र र आर्थिक क्षेत्र समेतमा गम्भीर असर परेको छ ।" विज्ञप्तिमा भनिएको छः "यतिबेला हामी गहिरो शोकमा छौं । नेपालमा यति ठूलो जोखिम मोलेर लगानी गर्नु के हाम्रो गल्ती थियो ? हाम्रो सारा मिहिनेत र सपनाहरूसँगै यस विशाल धरोहर खरानी भएबाट हामी विक्षिप्त भएका छौं ।" 

Garima Development Bank
Shivam Cement
Bizshala

हिल्टन होटलको स्थापनादेखि नै केही कुत्सित मनसाय भएकाहरूले यस होटलको विषयमा अत्यन्त घृणित र भ्रामक समाचार फैलाएका र त्यसकै कारण होटल अहिले अराजक समूहको शिकार बनेको दाबी गरिएको छ । "जुन बर्बरतापूर्ण घटना (आगो लगाउने कार्य) बाट विदेशी पर्यटक मात्र होइन सारा संसारलाई नेपालको दारुण चित्र प्रस्तुत गरेको छ ।"-विज्ञप्तिमा भनिएको छ ।  

होटल खरानी भए पनि आफूहरु विचलित नभएको र होश नगुमाएको विज्ञप्तिमा प्रष्ट पारिएको छ । संकटको घडीमा फेरि आफूलाई सम्हालेर आफ्नो व्यवसायलाई नयाँ शिराबाट सुरु गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।  

"हामी विचलित पनि भएका छैनौं, हामीले होश गुमाएका छैनौं । किनकि हामीले थुप्रै राम्रा अवसरहरूलाई तिलाञ्जलि दिएर देशमै केही गरौं भनेर आफ्नो उद्यमशीलता शुरू गरेका थियौं ।" विज्ञप्तिमा भनिएको छ-"यस संकटको घडीमा हामी फेरि आफूलाई सम्हालेर आफ्नो व्यवसायलाई नयाँ शिराबाट शुरु गर्नेछौं र नेपाल र नेपालीको लागि केही न केही योगदान गर्न सक्छौं भन्ने दृढ विश्वास समेत राखेका छौं ।"

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.