Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:29:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

व्यक्तिगत कर्जा लिदैँ हुनुहुन्छ ? यी कुरामा राख्नुस् ध्यान

Laxmi Sunrise Bank Limited
व्यक्तिगत कर्जा लिदैँ हुनुहुन्छ ? यी कुरामा राख्नुस् ध्यान
Shivam Cement

काठमाण्डौ । बढ्दो आकांक्षा तथा आवश्यकताका कारण वर्तमान समयमा कर्जा लिनु सामान्य भईसक्यो । निजी कर्जाको कुरा गर्ने हो भने यो सुविधाजनक छ र यसले अचानक आउने खर्च ,बालबालिकाको पढाई वा स्वास्थ्य आवश्यकता पुरा गर्न सहयोग गर्छ ।  

सबैभन्दा विशेष कुरा त के भने निजी कर्जा पाउनका लागि तुलनात्मक रुपमा कागजात पनि कम आवश्यक पर्छ । तर यो कर्जा केही धेरै ब्याजदरमा पाउने गरिन्छ र यसलाई चुक्ता गर्नका लागि लापरवाही गरिए यसले भविष्यमा आर्थिक नोक्सानी समेत निम्त्याउन सक्छ ।  

यस्तो अवस्थामा व्यक्तिगत कर्जा लिदा निम्न सावधानीहरु अपनाउन सकिन्छ ः

आवश्यकता नभए कर्जा लिनबाट बच्ने  

कयौैपटक मानिसहरु आवश्यक नपरेको अवस्थामा समेत कर्जा लिने गर्छन् । जुन भविष्यमा टाउको दुखाईको विषय बन्न सक्छ । त्यसैले आवश्यक परे मात्रै व्यक्तिगत कर्जा लिनु पर्छ । चुक्ता गर्न सकिने परिणाममा मात्रै कर्जा लिनु उचित हुन्छ । जसका कारण भविष्यमा सजिलै ब्याज भुक्तानी गर्न सकियोस् ।  

वास्तवमा सबै खाले खर्चका लागि कर्जा लिन आवश्यक पर्दैन । त्यसैले सोचविचार गरेर मात्रै कर्जा लिनुपर्छ ।  

Bizshala
New Office
CG Motors

कर्जाको शर्तलाई गुर्न हुँदैन नजरअन्दाज

व्यक्तिगत कर्जा मात्रै नभई होम लोनदेखि लिएर अटो लोन लिदा विभिन्न शर्तहरु हुने गर्छन् । त्यसैले व्यक्तिगत कर्जा लिदा त्यससँग जोडिएका शर्तहरु ध्यानपूर्वक पढ्न आवश्यक पर्छ ।  

यसमा प्रोसेसिङ फि, अवधि लगायतका तमाम शर्तहरु हुने गर्छन् । कागजात हेर्दा लुकेका शुल्कहरु तथा प्रि–पेमेन्ट जस्ता विषयलाई नजरअन्दाज गर्नु हुँदैन ।  

एकैपटक थुप्रै बैंकबाट कर्जा लिनबाट बच्नुपर्छ  

कर्जा लिदा एकैपटक थुप्रै बैंकबाट कर्जा लिनबाट समेत बच्नुपर्छ । एकैपटक धेरै बैंकबाट कर्जा लिदा भविष्यमा खतनाक कर्जाको जालमा फस्न सकिन्छ ।  

त्यसैले आवश्यकताअनुसार उपयुक्त बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनुपर्छ । आफूले कर्जा लिने बैंकको विश्वसनीयता समेत जाच्नु पर्छ । यसका लागि अनलाइन रिभ्यु तथा कस्टमर फिडब्याक समेत हेर्नुपर्छ ।  

मूलभन्दा धेरै ब्याज भुक्तानी गर्न कठिनाई  

कर्जा लिने समय प्रायः मानिसहरुले कर्जाको राशीलाई मात्रै हेर्छन र समय अवधिलाई नजरअन्दाज गर्छन् ।  

कर्जा लिदा अन्य बैंकसँग पनि ब्याजदर दाज्नु पर्छ । ब्याजदरमा हुने सानो अन्तरले पनि कर्जा चुक्ता गर्ने रकममा ठूलो प्रभाव पार्ने गर्छ ।  

धेरै लामो अवधिको कर्जा लिनबाट बच्नुपर्छ  

व्यक्तिगत कर्जा लिदा लामो समयका लागि लिनबाट समेत बच्नुपर्छ । लामो समयका लागि कर्जा लिदा लामो समयसम्मका लागि ब्याज तिर्नुपर्छ ।  

समयमै चुक्ता गर्न ध्यान दिनुपर्छ  

व्यक्तिगत कर्जा लिदा समयमै चुक्ता गर्नुपर्छ । यसो गर्दा अनावश्यक आर्थिक दायित्वबाट बच्न सकिन्छ ।  

समयमै चुक्ता नगर्दा यसले क्रेडिट स्कोरमा समेत असर पार्ने गर्छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.