Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:21:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

'राजनीति पेशा होइन, सेवा हो'-दलहरू यो कुरा कहिले बुझ्ने ?: भीम चन्दको आर्टिकल

Laxmi Sunrise Bank Limited
'राजनीति पेशा होइन, सेवा हो'-दलहरू यो कुरा कहिले बुझ्ने ?: भीम चन्दको आर्टिकल
Shivam Cement

-भीम चन्द

 

 

विश्वका धेरै विकसित लोकतान्त्रिक मुलुकमा राजनीतिक दलहरूको संख्या सीमित हुन्छ। यसको प्रमुख कारण दल दर्ता, संचालन र आर्थिक पारदर्शितासम्बन्धी कठोर मापदण्ड हुन्। त्यस्ता देशहरूमा जथाभावी रूपमा दल दर्ता गर्न पाइँदैन । दलको आय–व्यय स्पष्ट हुनुपर्छ, अवैध स्रोतको प्रयोग निषेध हुन्छ र पर्याप्त जनसमर्थनबिना दल टिक्नै सक्दैन । त्यसैले दुई वा तीन प्रमुख दलहरू नै राष्ट्रिय राजनीतिमा प्रभावशाली रहन्छन्।

हिंसात्मक, अराजक वा समाजविरोधी गतिविधिमा संलग्न समूह वा व्यक्तिलाई दल खोल्ने वा सदस्य बन्ने अधिकार हुँदैन । व्यक्तिगत वा सार्वजनिक सम्पत्ति नोक्सान गर्ने, राज्यविरोधी वा अमानवीय गतिविधिमा लिप्त समूहहरूलाई राजनीतिक मान्यता दिइँदैन । अपराधमा संलग्न समूहलाई दलका रूपमा दर्ता नगरी सीधा कानूनी कारबाही हुन्छ ।

Bizshala
New Office
CG Motors

कुनै मान्यता प्राप्त दलमा देशद्रोही वा आपराधिक पृष्ठभूमि भएका व्यक्ति भेटिएमा दलकै दर्ता खारेज गर्न सकिने प्रावधान हुन्छ । त्यस्तो दलका नेताले अर्को दल खोल्न वा अन्य दलमा प्रवेश गर्न पाउँदैनन् । यही कारण विकसित देशका दलहरू सीमित र राष्ट्रप्रति उत्तरदायी देखिन्छन् ।

त्यहाँका नेताहरू राजनीतिलाई पेशा होइन, सेवा मान्छन् । पद समाप्त भएपछि उनीहरू आफ्नै पेसा वा व्यवसायमा फर्किन्छन्।

भेनेजुएलाको उदाहरण र नेपालको वास्तविकता

तेल आम्दानीले धनी बनेको भेनेजुएला पछिल्लो समय असंख्य दल र नेताहरूको स्वार्थी राजनीति, विदेशी प्रभाव र भ्रष्ट अभ्यासका कारण असफल मुलुकका रूपमा परिणत भएको छ । दलगत भागबण्डा, अनुत्तरदायी नेताहरू र अनियन्त्रित राजनीति देशको अर्थतन्त्रका लागि अभिशाप बनेको छ ।

नेपालमा पनि यस्तै प्रवृत्ति बढ्दो छ । ठेक्कापट्टा र अनैतिक चन्दा संकलनबाट दलहरू संचालन हुने क्रमले बजार मूल्य वृद्धि, मुद्रास्फीति र भ्रष्टाचार बढाएको छ । व्यापारी वा पेशाकर्मीले दललाई चन्दा दिँदा त्यसको भार उपभोक्तामाथि पर्न थालेको छ ।

दल दर्ता र संचालनमा सुधारको आवश्यकता

अब नेपालमा पनि सीमित र जिम्मेवार दल प्रणाली कायम गर्न कडा नियम लागू गर्नुपर्ने समय आएको छ । दल दर्ता, आर्थिक स्रोत र खर्च व्यवस्थापनमा पारदर्शिता सुनिश्चित गर्नुपर्छ ।

अपराधिक, अराजक र अराष्ट्रिय गतिविधिमा संलग्न व्यक्तिहरूलाई दलको सदस्यता दिन नपाइने र त्यस्ता समूहलाई कानूनी कारबाहीको सिफारिस गर्ने व्यवस्था हुनुपर्छ । भ्रष्ट वा अपराधी व्यक्तिहरू भएको दलले समयमै आन्तरिक शुद्धीकरण नगरे दर्ता खारेज गर्नुपर्ने कानूनी आधार तयार हुनुपर्छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

शुद्ध राजनीतिक संस्कृतिको आवश्यकता

राजनीतिक दलहरूले राष्ट्रनिर्माणमा योगदान दिने गरी दलीय शुद्धीकरण अभियान सञ्चालन गर्नुपर्छ । साना–साना दलका नाममा फैलिएको अस्थिरता अन्त्य हुन जरुरी छ । दल फुटाएर नयाँ दल बनाउने संस्कृतिलाई नियन्त्रण गर्नुपर्छ ।

कुनै दललाई मान्यता पाउन देशभरका कुल मतदाताको कम्तीमा ३० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था हुनुपर्छ । दल विभाजनपछि जनाधार उक्त सीमा भन्दा तल झरेमा दर्ता स्वतः खारेज हुने प्रावधान आवश्यक छ ।

त्यस्तै, राजनीतिक दलमा संलग्न हुने व्यक्तिले निश्चित पेशा–व्यवसाय, वैध आयस्रोत र देश विकासको स्पष्ट दृष्टिकोण राख्नुपर्छ । अनैतिक, अपराधिक पृष्ठभूमि भएका वा शिक्षागत योग्यता नभएका समूहलाई दल दर्ता गर्न रोक लगाइनुपर्छ ।

राजनीतिमा नैतिकता र योग्यता अनिवार्य

सामाजिक शान्ति भंग गर्ने, जनधनको क्षति पुर्‍याउने वा हिंसात्मक गतिविधिलाई राजनीतिक घटनाको रूपमा मान्न पाइँदैन । कुनै दल वा त्यसका संगठनहरूले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएमा सम्बन्धित दल नै जिम्मेवार हुनुपर्छ । बिगो बराबरको जरिवाना र क्षतिपूर्ति असुल्ने प्रावधान हुनुपर्छ ।

अपराधलाई संरक्षण गर्ने वा कारबाहीमा अवरोध गर्ने दलको दर्ता खारेज गर्नेसम्मको कानूनी व्यवस्था हुनुपर्छ ।

देशका नीति–निर्माताहरू योग्य, शिक्षित र जिम्मेवार हुनुपर्छ । उनीहरूले आफ्नो काम, कर्तव्य र सीमाबारे पूर्ण ज्ञान राख्नुपर्छ । विधायक बन्ने व्यक्ति सिर्जनशील, नैतिक र राष्ट्रहितमा प्रतिबद्ध हुनुपर्छ ।

त्यस्ता मापदण्ड लागू भए लोकतन्त्र बलियो बन्नेछ र जनतामा जनप्रतिनिधिप्रति गर्व र विश्वास जगाउने वातावरण सिर्जना हुनेछ।

(लेखक पर्यटन व्यवसायी हुन्।)

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.