Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:43:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्लोबल आइएमई बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

Laxmi Sunrise Bank Limited
ग्लोबल आइएमई बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Shivam Cement

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले वार्षिक साधारण सभाको मिति र स्थान तय गरेको छ । बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले १९ औं साधारण सभा आह्वान गरेको हो ।  

उक्त सभा कात्तिक २६ गते काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आव २०८१/८२ को मुनाफा समेतबाट चुक्तापूँजीको ८ प्रतिशत नगद लाभांश(कर समेत) वितरणको प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
CG Motors

यस्तै बैंकको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण र सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई लघुवित्तको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।  

यसैगरी चालु आवको लेखापरीक्षकको प्रतिवेदनसहित लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पारित गरिनेछ ।  

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ कात्तिक १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.