Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:09:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पोर्चुगलमा तिहारको रौनक: नेपाली समुदायद्वारा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

Laxmi Sunrise Bank Limited
पोर्चुगलमा तिहारको रौनक: नेपाली समुदायद्वारा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न
Shivam Cement

पोर्चुगल, कोइम्ब्रा । अक्टोबर २०२५ का दिन कोइम्ब्रामा बसोबास गर्ने नेपाली समुदायले तिहार विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा मनाएको छ। नेपाल कल्चरल कम्युनिटी कोइम्ब्राको आयोजनामा सम्पन्न यो कार्यक्रम उत्साह र जोशले भरिपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

Bizshala
New Office
CG Motors

कार्यक्रमको अध्यक्षता म्याक्स श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथि क्यातरिना पिएरेस (Catarina Pires) कार्यक्रममा उपस्थित रहिन। कोइम्ब्रा र वरिपरिका नेपाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप रोचक र जीवंत बनाएको थियो।

कार्यक्रम सञ्चालन सन्तोष पाण्डेले गर्नुभयो। उहाँको प्रभावशाली प्रस्तुति र सहज सञ्चालन शैलीले कार्यक्रममा सहभागीहरूलाई उत्साहित बनाएको सहभागीहरूले बताए।

Garima Development Bank
Shivam Cement
Bizshala

सांस्कृतिक प्रस्तुतिहरूमा गीत, नृत्य, कविता, तिहार विशेष परिकार र सम्मान कार्यक्रम समेत समावेश गरिएको थियो। यी प्रस्तुतिहरूले नेपाली संस्कृतिको गहिरो झल्को मात्र होइन, समुदायभित्रको आपसी एकता र पारिवारिक सद्भावलाई पनि उजागर गरेको सहभागीहरूले बताए।

पोर्चुगलमा बसोबास गर्ने नेपालीहरूले आफ्नो भाषा, संस्कृति र परम्परालाई जोगाइराख्न यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने धारणा व्यक्त गरेका छन्। नेपाल कल्चरल कम्युनिटी कोइम्ब्राका संस्थापक सन्तोष पाण्डेका अनुसार, भविष्यमा पनि यस्ता सांस्कृतिक कार्यक्रमहरू निरन्तर आयोजना गरिने र समस्यामा परेका नेपालीहरूलाई सहयोग गर्ने विशेष पहलहरू थालिने योजना रहेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.