Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:44:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दराज एक्सप्रेसद्वारा ‘लास्ट–माइल सोलुशन’ सार्वजनिक

Laxmi Sunrise Bank Limited
दराज एक्सप्रेसद्वारा ‘लास्ट–माइल सोलुशन’ सार्वजनिक
Shivam Cement

काठमाण्डौ । ई–कमर्स प्लेटफर्म दराजले आफ्नो लजिस्टिक इकाई दराज एक्सप्रेस (डेक्स) मार्फत नयाँ सुविधा‘लास्ट–माइल डेलिभरी सोलुशन’औपचारिक रूपमा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको यस नयाँ सेवा, दराजको प्लेटफर्ममा नहुँदा पनि आफ्ना उत्पादनहरू बिक्री गर्ने ब्रान्ड र विक्रेताहरूका लागि छिटो, भरपर्दो र प्रविधिमुखी वितरण समाधानका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । 

यसका माध्यमबाट दराज एक्सप्रेसले नेपालभरका व्यवसायहरूका लागि चुस्त, सुरक्षित र विश्वासिलो वितरण सञ्जाल प्रदान गर्दै उनीहरुलाई आफ्ना उत्पादनमा केन्द्रित रहँदै व्यवसाय विस्तार गर्न अझ सशक्त बनाउने उद्देश्य लिएको छ ।

बजारमा विद्यमान सेवा प्रदायकहरूले प्रदान गर्न नसकेको गति, सन्तुष्टि र पारदर्शिताको आवश्यकता पूरा गर्ने सोचका साथ दराज एक्सप्रेसले यो समाधान उपलब्ध गराएको हो । कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित रुट–प्लानिङ प्रणाली र रियल–टाइम पार्सल ट्रयाकिङ प्रविधिको प्रयोगबाट डेस्कले स्थानीय अर्डरहरू २४ घण्टाभित्र, र अन्तर–सहर डेलिभरीहरू ४८ घण्टाभित्र सम्पन्न गर्ने क्षमता बोकेको दराजको दाबी छ । यसले औसत डेलिभरी समय १.५ दिन भन्दा कममा झार्न उल्लेख्य सहयोग प्ुर्याएको छ ।  

Bizshala
New Office
CG Motors

साथै, ९० प्रतिशत भन्दा बढी सफल नतिजा सहित डेस्कले सबै मूल्यका पार्सलहरूको वितरण सुनिश्चित गर्ने एकिकृत समाधान प्रदान गरिरहेको छ । यी सबै सुधारहरूले सञ्चालन दक्षता बढाउने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने कार्यमा महत्वपूर्ण योगदान दिएका छन् । यसको प्रमाणका रुपमा डेस्कलाई प्राप्त ४.६÷५ ग्राहक मूल्याङ्कनलाई लिन सकिने दराजको भनाई छ ।  

हालसम्म डेस्कले नेपालका १०८ प्रमुख सहरहरूमा सेवा विस्तार गरिसकेको छ । त्यसैगरी,आगामी ११.११ अभियानअघि थप ७० सहरहरूमा आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.