आईतवार, असार २९,२०८२ 01:52:32
  • आईतवार, असार २९,२०८२ 01:52:32
Global IME Bank Limited

'यो वर्ष अर्थतन्त्र बेटर हुने संकेत देखियो'

Hyundai Nepal
'यो वर्ष अर्थतन्त्र बेटर हुने संकेत देखियो'
Shivam Cement

काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीइओ)हरुको छाता संस्था नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का अध्यक्ष सुनिल केसीले गत वर्षको तुलनामा भदौमा कर्जाको माग बढ्न थालेको बताएका छन् । 

बिजशालासँग कुरा गर्दै उनले गत वर्षको भदौको तुलनामा यो वर्षको भदौमा दोब्बरले कर्जा प्रवाह भएको बताएका हुन् । 

एनएमबी बैंकको सीइओ समेत रहेका केसीले गत आर्थिक वर्षको भदौमा २० अर्ब रुपैयाँ बराबरको मात्र कर्जा विस्तार हुन सकेको थियो । गत वर्ष यो बेला बैंक तथा वित्तीय संस्थाहरु तरलता अभावको सकसबाट गुज्रिरहेका थिए । 

तर, जारी वर्षको भदौ १५ गतेसम्म(१५ दिन) नै गत वर्षको भदौ महिनाभरि प्रवाह भएको २० अर्ब बराबरको कर्जा गएको केसीले जानकारी दिए । 

'यो आँकडाले पनि यस वर्ष हाम्रो इकोनोमी बेटर हुने देखिन्छ ।' उनले भने-'बिस्तारै कर्जाको प्रवाह बढ्न थालेको छ । यसले इकोनोमिक मुभमेन्ट बढ्न थालेको देखिन्छ ।' 

केसीका अनुसार बैंकहरुमा पछिल्लो समय लगानीयोग्य रकम सुविधाजनक अवस्थामा छ । बैंकहरु समेत लगानी बढाएर जाने मनस्थितिमा छन् ।

यहीकारण कर्जाका विभिन्न स्किमहरु पनि एकपछि अर्को सार्वजनिक भइरहेका छन् । यसैको परिणाम स्वरुप कर्जा प्रवाह बढ्न थालेको देखिएको हो । 
सरकारले साउनमा सबैखालका जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेपछि रियलस्टेट क्षेत्रमा समेत मुभमेन्ट सुरु भएको छ । लगत्तै केन्द्रीय बैंकले व्यक्तिगत घरजग्गा कर्जामा कायम कडा व्यवस्थालाई केही खुुकुलो बनाइदिएको छ । यसले समेत घरजग्गा कर्जाको माग बढाएको बैंकरहरुको भनाई छ । 

केसीकाअनुसार कतिपय हाउजिङ कम्पनीहरुबाट समेत लोनको माग हुन थालेको छ । 'गाडीकर्जामा समेत बिस्तारै माग बढ्न थालेको देखिएको छ ।'-उनले थपे । 

अर्थतन्त्रमा बिस्तारै माग सिर्जना हुन थालेको उल्लेख गर्दै ठूला चाडपर्व समेत सुरु भएकोले अवस्था थप सहज बन्ने आशा गर्न सकिने बताए । ‘भदौ अन्तिमसम्म हेरेपछि थप केही भन्न सकिएला ।’-उनले थपे ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.