Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:39:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इली लिली बन्यो १ ट्रिलियन डलर बजार पूँजीकरण पुग्ने पहिलो फर्मा कम्पनी, मोटोपनाको औषधिले व्यवसायमा उछाल

Laxmi Sunrise Bank Limited
इली लिली बन्यो १ ट्रिलियन डलर बजार पूँजीकरण पुग्ने पहिलो फर्मा कम्पनी, मोटोपनाको औषधिले व्यवसायमा उछाल
Shivam Cement

काठमाण्डौ । अमेरिकी औषधि निर्माता कम्पनी इली लिलीको बजार पूँजीकरण १ ट्रिलियन डलर पुगेको छ । अमेरिकी सेयरबजारमा टेक कम्पनीहरुको दबदबा रहेको बेला फर्मा कम्पनीले यो उपलब्धि हासिल गरेको हो ।

यससँगै १ ट्रिलियन डलर बजार पूँजीकरण पुग्ने इली लिली पहिलो अमेरिकी फर्मा कम्पनी बनेको छ । वजन घटाउने औषधिको फस्टाउदा व्यापारका कारण यो वर्ष कम्पनीको मूल्य ३५ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीको टाइप टु डाईबिटिजका लागि उत्पादित टिर्जेप्याटिड र मोटोपनाका लागि जेपबाउण्ड जस्ता औषधिले विश्वकै सर्वाधिक बिक्री हुने मर्क कम्पनीको के ट्रुडालाई उछिनेको छ । कम्पनीले जेपबाउण्ड नामक औषधि सन् २०२३ मा लञ्च गरेको थियो । जसपश्चात कम्पनीको सेयरमूल्य ७५ प्रतिशतले बढेको छ ।

गत त्रैमासिक रिपोर्टका अनुसार कम्पनीले मोटोपना र डाइबेटिज औषधिको पोर्टफोलियोबाट १० अर्ब बढी आर्जन गरेको छ । कम्पनीको कुल आम्दानी भने साढे १७ अर्ब बढी छ ।

अमेरिकी सेयरबजारमा १ ट्रिलियन डलर बजार पूँजीकरण भएका १० वटा कम्पनी रहेका छन् । जसमा ८ वटा टेक कम्पनी र टेस्ला र वर्कशायर हाथवे रहेका छन् ।

 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.