बुधबार, असार १८,२०८२ 04:15:53
  • बुधबार, असार १८,२०८२ 04:15:53
Global IME Bank Limited

एक महिना १.८७% ले मात्रै बढ्यो नगद परिचालन,बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १५.४५% ले घट्यो

Hyundai Nepal
एक महिना १.८७% ले मात्रै बढ्यो नगद परिचालन,बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १५.४५% ले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । एक महिनाको अवधिमा बजारमा नगद परिचालन  १.८७ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन महिनाको वित्तीय विवरणमा यस्तो देखिएको हो ।  

विवरण अनुसार फागुन महिनासम्ममा बजारमा ६ खर्ब ६४ अर्ब ८७ करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । जुन गत माघ महिनाको तुलनामा १.८७ प्रतिशतले मात्रै बढी हो । माघ महिनासम्ममा बजारमा ६ खर्ब ५२ अर्ब ६२ करोड रुपैयाँबराबरको नगद परिचालन भएको थियो ।  

गत असार महिनासम्म भने बजार ६ खर्ब २५ अर्ब रुपैयाँ नगद परिचालन भएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

फागुन महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २ खर्ब २५ करोड रुपैयाँ पुगेको छ । जुन माघ महिनाको तुलनामा १५.४५ प्रतिशतले कम हो । माघ महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ अर्ब ६६ करोड रुपैयाँ थियो ।  

यस्तै राष्ट्र बैंकमा सरकारको निक्षेप समेत घटेको छ । माघ महिनासम्म १ खर्ब ८४ अर्ब सरकारी निक्षेप रहेकोमा फागुनसम्म घटेर १ खर्ब ७८ अर्बमा सीमित भएको छ ।  

फागुन महिनासम्म राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले ७ अर्ब ८१ करोड रुपैयाँबराबरको विदेशी मुद्रा निक्षेप गरेका छन् । जुन माघ तुलनामा १२.७५ प्रतिशतले कम हो ।  

फागुन महिनासम्ममा राष्ट्र बैंकको कुल स्वेदेशी मुद्रा सम्पत्ति १ खर्ब ६ अर्ब रुपैयाँबराबर र कुल स्वदेशी दायित्व १२ खर्ब ८१ अर्ब रुपैयाँबराबर रहेको छ ।  

यस्तै कुल विदेशी मुद्रा सम्पत्ति १७ खर्ब ५२ अर्ब र कुल विदेशी मुद्रा दायित्व ४८ अर्ब ३८ करोड रुपैयाँबरारब रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.