काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५.७० अंकले बढेर २६२५ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहको दुई उपसूचकमध्ये जीनव बीमा समूह ०.६६ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह भने ०.३६ प्रतिशतले घटेको छ ।
आज १८ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.३७ प्रतिशतले बढेर ५१९ रुपैयाँ पुगेको छ ।
त्यस्तै, एशियन लाइफको ०.२८ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.७७ प्रतिशत, आइएमई लाइफको ०.५९ प्रतिशत, एलआइसी नेपालको ०.४५ प्रतिशत, नेपाल लाइफको १.०३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.८० प्रतिशत, रिलायबल नेपाल लाइफको १.२५ प्रतिशत, सूर्यज्योति लाइफको ०.८५ प्रतिशत, सन नेपाल लाइफको ०.८१ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.४७ प्रतिशत, हिमालयन एभरेष्टको १.७४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.५२ प्रतिशत, एनएलजीको ०.१६ प्रतिशत, प्रभुको ०.१५ प्रतिशत, सलिकोको ०.७४ प्रतिशत, युनाइटेड अजोडको ०.४२ प्रतिशत र हिमालयन रि को ०.४७ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ १.९५ प्रतिशतले घटेर १४ हजार ७५२.९० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आइजीआई प्रुडेन्सियलको ०.३१ प्रतिशत, नेको इन्स्योरेन्सको ०.१३ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.५६ प्रतिशत, सानिमा जिआइसीको ०.१७ प्रतिशत, शिखरको १.२२ प्रतिशत, सिद्धार्थ प्रिीमयरको ०.५५ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.३४ प्रतिशत, हिमालयन लाइफको ०.१३ प्रतिशत, नेशनल लाइफको ०.१५ प्रतिशत र नेपाल रि को ०.४० प्रतिशतले घटेको छ ।

