काठमाण्डौ । सुपर हेवा पावर कम्पनीले आईपीओको विशेष प्रस्तावसहित साधारण सभा डाकेको छ । पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पुस २५ गते काठमाण्डौको सानो भर्याङमा रहेको बुद्ध प्यालेस ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, आईपीओ जारीपश्चात प्राप्त रकमको उपयोगबारे निर्णय लिने र धितोपत्र दर्ता तथा निष्कासनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात तथा आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
यस्तै स्वतन्त्र सञ्चालकको नियुक्ती समेत अनुमोदन गरिनेछ ।

