काठमाण्डौ। सन नेपाल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा डाकेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आठौं र नवौं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी पुस २५ गते बिहान साढे १० बजे काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग केटरर्समा सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित ५ प्रतिशत बोनस सेयर र १५.२६३२ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल २०.२६६२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विषयमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी, लेखापरीक्षकको प्रतिवेदन सहित आव २०८०/८१ र २०८१/८२ को वासलात नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आव २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।
सभामा स्वतन्त्र सञ्चालकको नियुक्ती समेत अनुमोदन गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

