काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को महानिर्देशक पदमा देवचन्द्र लाल कर्ण नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्राधिकरणका उपमहानिर्देशक कर्णलाई उक्त जिम्मेवारी दिएको हो। उनले शुक्रबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
यसअघि महानिर्देशक रहेका प्रदीप अधिकारीमाथि भक्तपुरको नलिञ्चोक हेलिप्याड निर्माणमा भ्रष्टाचार गरेको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
सोही कारण अधिकारी निलम्बनमा परेका थिए। उनको निलम्बनपछि अस्थायी रूपमा नागरिक उड्डयन महाशाखाका प्रमुख तथा सहसचिव मुकेश डंगोललाई महानिर्देशकको जिम्मेवारी दिइएको थियो।

