मंगलवार, असार १७,२०८२ 10:01:42
  • मंगलवार, असार १७,२०८२ 10:01:42
Global IME Bank Limited

भारतीय अर्थ व्यवस्थाको ग्रोथ तीव्र, अझै बन्नसक्छ नयाँ रेकर्ड

Hyundai Nepal
भारतीय अर्थ व्यवस्थाको ग्रोथ तीव्र, अझै बन्नसक्छ नयाँ रेकर्ड
Nabil Bank Limited

काठमाण्डौ । भारत विश्वमै सबैभन्दा तीव्र गतिमा विकास भइरहेको अर्थव्यवस्था बनेको छ । यो क्रमले आगामी दिनमा समेत निरन्तरता पाउने विश्व बैंकदेखि आईएमएफसम्मले प्रष्ट पारिसकेका छन् । 

भारतकी वित्त मन्त्री निर्मला सीतारमणले एक कार्यक्रमबीच चौथो त्रैमासमा भारतको जीडीपी ग्रोथको विषयमा निकै महत्वपूर्ण जानकारी दिएकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनका अनुसार भारतीय अर्थव्यवस्था सही दिशामा अगाडि बढिरहेको र सकल घरेल उत्पादन(जीडीप) मार्चको त्रैमासको दौरान ८ प्रतिशतको दरले अगाडि बढ्नसक्ने  देखिएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

मुम्बईमा आयोजित एक कार्यक्रमका बीच ३१ मार्चमा सकिने त्रैमासमा देशको आर्थिक वृद्धिदर ८ प्रतिशत वा यसभन्दा पनि बढी तीव्रताले अगाडि बढ्ने देखिएको वित्त मन्त्रीले दाबी गरेकी छिन् । उनले चौथो त्रैमासमा भारतको जीडीपी ग्रोथ ८ प्रतिशतभन्दा बढी हुने सम्भावना प्रवल बन्दै गएको बताएकी छिन् ।  

गत तीनवटा त्रैमासमा पनि भारतको आर्थिक वृद्धिदर ८ प्रतिशतकै हाराहारीमा भइरहेको छ । फेब्रुअरी महिनाको अन्तमा सरकारले सार्वजनिक गरेको एक आँकडाअनुसार चालु वित्त वर्षको डिसेम्बर त्रैमासमा भारतको आर्थिक वृद्धिदर तीव्र गतिमा अगाडि बढेको थियो । त्यसबेलाको जीडीपी ग्रोथले त्यसअघि भएका सबै प्रक्षेपणभन्दा माथिल्लो उचाई चुमिदिएको थियो । किनभने त्यो त्रैमासमा जीडीपी ग्रोथ ८.४ प्रतिशत हासिल भएको थियो । यसभन्दा पछाडिको त्रैमासमा जीडीपी ग्रोथ ७.६ प्रतिशत भएको थियो ।  

यसअघि भारतीय रिजर्भ बैंकले पनि वित्तमन्त्री सीतारमणसँग मिल्दोजुल्दो दाबी गर्दै मार्च बुलेटिन प्रकाशन गरेको थियो । केन्द्रीय बैंकले ८ प्रतिशत हाराहारीमा जीडीपी ग्रोथ कायम हुने प्रक्षेपण सार्वजनिक गरेको थियो ।  

सो क्रममा केन्द्रीय बैंकले विश्वका ठूला अर्थतन्त्रहरुले मन्दीको सामना गरिरहेको, तर ठीक उल्टो भारतीय अर्थव्यवस्था चाहिँ रफ्तारको गतिमा अगाडि बढिरहेको विश्लेषण सार्वजनिक गरेको थियो ।  

आईएमएफका अनुसार भारतले विश्व अर्थतन्त्रमा १६ प्रतिशतभन्दा बढीको योगदान गर्नसक्ने देखिन्छ । जुन बजार विनिमय दरको मामलामा विश्वमा सबैभन्दा दोश्रो ठूलो हिस्सा हुनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.