Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:35:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

स्वर्णिम वाग्लेलाई अर्थमन्त्रालयसहित मन्त्रिपरिषदमा दोश्रो बरियता

Laxmi Sunrise Bank Limited
स्वर्णिम वाग्लेलाई अर्थमन्त्रालयसहित मन्त्रिपरिषदमा दोश्रो बरियता
Shivam Cement

काठमाण्डौ । राष्टिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले बालेन शाह नेतृत्वको सरकारमा दोश्रो बरियता पाउने समझदारी भएको छ । वाग्लेनिकट स्रोतका अनुसार रास्वपाका शीर्ष नेताहरुबीच प्रधानमन्त्रीपछिको दोश्रो बरियता डा. वाग्लेलाई दिने समझदारी बनेको हो । 

Bizshala
New Office
CG Motors

लामो रस्साकस्सीपछि डा. वाग्लेको नाम अर्थमन्त्रीको रुपमा फाइनल भइसकेको छ । 

हिजो साँझसम्म बालेनले अर्थमन्त्रीको रुपमा आफूनिकटका पात्रलाई अगाडि सारेका थिए । तर रास्वपा सभापति रवि लामिछानेले चुनावअघि नै आफूले भावी अर्थमन्त्रीको रुपमा घोषणा गरिसकेका कारण डा. वाग्लेलाई अर्थमन्त्रीमै लैजानुपर्ने अडान लिएका थिए । 

अन्तिम अवस्थामा बालेनले अर्थमन्त्रीमा डा. वाग्लेलाई लैजाने हो भने गृहमन्त्रीको रुपमा आफ्नो रोजाईको पात्र हुनुपर्ने अडान लिएका थिए । लामिछानेले बालेनले गृहमन्त्रीको रुपमा अगाडि सारेका सुधन गुरुंगको नाममा सहमति जनाएपछि दोश्रो बरियतासहित अर्थमन्त्रीको रुपमा डा.वाग्ले सुनिश्चित भएका हुन् । उनी लोकप्रिय युवा अर्थशास्त्री समेत हुन् । विभिन्न अन्तराष्टिय प्ल्याटफर्महरुमा पनि काम गरिसकेका डा. वाग्लेले यसअघि राष्टिय योजना आयोगको उपाध्यक्ष समेत भइसकेका व्यक्ति हुन्।

Garima Development Bank
Shivam Cement
Bizshala

को हुन् डा. स्वर्णिम वाग्ले ?

-अन्तर्राष्ट्रिय स्तरका युवा अर्थशास्त्री

-संयुक्त राष्ट्रसंघ, विश्व बैंकजस्ता संस्थासँग काम गरेको अनुभव

-नेपाल सरकारको राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष

-आर्थिक नीति, विकास रणनीति र सार्वजनिक वित्त व्यवस्थापनमा विशेषज्ञता

-अर्थतन्त्र सुधार र नीतिगत हस्तक्षेपमा सक्रिय भूमिका खेल्ने अपेक्षा

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.