बजेटको दिन प्रधानमन्त्रीको खुट्टामा थियो १४ सयको नेपाली जुत्ता
काठमाडौं । बजेटका दिन सबैको नजर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेतर्फ थियो। कसले कर छुट पायो, कसको तलब बढ्यो, कुन क्षेत्रमा कति बजेट पर्यो-देशभर यही चर्चा चलिरहेको थियो।तर संघीय संसद भवनभित्र एउटा अर्को दृश्य पनि चुपचाप घटिरहेको थियो, जसले नेपाली ब्राण्डप्रेम र आर्थिक राष्ट्रवादबारे एउटा रोचक कथा सुनाइरहेको थियो।प्रधानमन्त्री बालेन शाहको खुट्टामा त्यो दिन कुनै महँगो...

