काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएको छ । आजको कारोबार सुनको मूल्य २.९४ प्रतिशत अर्थात १३६ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ४ हजार ७९७ डलरमा कारोबार भईरहेको छ ।
अेमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिका र इरानबीच दुई साताको युद्धविराममा सहमति भएको जनाएसँगै सुनको मूल्य उकालो लागेको हो । यस अवधिमा अमेरिकी प्रशासनले इरानको प्रस्तावित शान्ति योजना समीक्षा गर्नेछ।
ट्रम्पले भने, ‘हामीले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त गरेका छौं, जुन वार्ताका लागि कार्यशील आधार हो। विगतका विवादका अधिकांश बुँदामा सहमति भइसकेको छ। दुई साताको अवधि सम्झौता अन्तिम रूप दिन पर्याप्त हुनेछ।’
यो घोषणा पश्चात् सुन र अन्त्र्राष्ट्रिय सेयर बजार दुवैमा सकारात्मक प्रभाव देखिएको छ भने कच्चा तेलको मूल्य घटेको छ।
यस्तै आज चाँदीको मूल्य पनि ६.२८ प्रतिशत अर्थात ४.५१ डलरले बढेर प्रतिऔंस ७६५ डलर पुगेको छ ।

