Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:18:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अमेरिका–इरान वार्ता सुरु भएसँगै स्ट्रेट अफ हर्मुजबाट बाहिरिए ट्यांकर

Laxmi Sunrise Bank Limited
अमेरिका–इरान वार्ता सुरु भएसँगै स्ट्रेट अफ हर्मुजबाट बाहिरिए ट्यांकर
Shivam Cement

काठमाण्डौ । स्ट्रेट अफ हर्मुज हुँदै तेल बोकेका सुपरट्यांकरहरूको आवागमन पुनः सुरु भएको छ। शनिबार सार्वजनिक भएको शिपिङ डाटाअनुसार तीन वटा ठूला कच्चा तेल बोक्ने जहाज खाडी क्षेत्रबाट सफलतापूर्वक बाहिरिएका छन्। यो घटना अमेरिका–इरानबीच युद्धविरामपछि जलमार्ग खुल्न थालेको पहिलो संकेतका रूपमा हेरिएको छ।

गत फेब्रुअरी अन्त्यतिर सुरु भएको द्वन्द्वका कारण इरानले स्ट्रेट अफ हर्मुजमा अवरोध सिर्जना गरेको थियो, जसले विश्व ऊर्जा आपूर्तिमा ठूलो असर पार्दै तेलको मूल्यमा तीव्र वृद्धि गराएको थियो। उक्त जलमार्ग विश्वको करिब २० प्रतिशत तेल तथा एलएनजी आपूर्तिको प्रमुख मार्ग मानिन्छ।

Bizshala
New Office
CG Motors

लाइबेरिया झण्डा बोकेको ‘सेरिफोस’ तथा चीनका ‘कोस्पर्ल लेक’ र ‘हे रोङ हाई’ नामक तीन सुपरट्यांकरहरूले शनिबार हर्मुजको वैकल्पिक मार्ग प्रयोग गर्दै आवागमन गरेका हुन्। प्रत्येक ट्यांकरले करिब २० लाख ब्यारेल तेल बोक्न सक्ने क्षमता राख्दछ।

‘सेरिफोस’ ट्यांकर थाइल्याण्डको सरकारी ऊर्जा कम्पनी पीटीटीद्वारा चार्टर गरिएको र मलेसियातर्फ गइरहेको जनाइएको छ। उक्त जहाज साउदी अरेबिया र यूएईबाट लोड गरिएको कच्चा तेल बोकेर अप्रिल २१ मा मलेसियाको मलाक्का बन्दरगाह पुग्ने अपेक्षा गरिएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

त्यसैगरी, इराकी तेल बोकेको ‘कोस्पर्ल लेक’ मे १ मा चीनको झोउशान बन्दरगाह पुग्ने अनुमान गरिएको छ। ‘हे रोङ हाई’ को गन्तव्य भने स्पष्ट भएको छैन। यी दुवै ट्यांकर चिनियाँ ऊर्जा कम्पनी सिनोपेकको व्यापारिक शाखा युनिपेकद्वारा चार्टर गरिएका हुन्।

हाल पनि सयौं ट्यांकरहरू खाडी क्षेत्रमा अड्किएका छन् र दुई हप्ते युद्धविराम अवधिमा बाहिरिने प्रतीक्षामा छन्।

यसैबीच, केही खाली ट्यांकरहरू भने खाडी क्षेत्रतर्फ प्रवेश गर्दै तेल लोड गर्ने तयारीमा रहेका छन्। ‘अजिओस फानुरियोस ’ नामक जहाज इराकबाट कच्चा तेल लोड गरी भियतनाम लैजाने योजना रहेको जनाइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.