Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:02:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लघुबीमा व्यवसाय १८.८१% ले बढ्यो, स्टार माइक्रो इन्स्योरेन्सको कस्तो छ प्रदर्शन ?

Laxmi Sunrise Bank Limited
लघुबीमा व्यवसाय १८.८१% ले बढ्यो, स्टार माइक्रो इन्स्योरेन्सको कस्तो छ प्रदर्शन ?
Shivam Cement

काठमाण्डौ । लघुबीमा कम्पनीहरुको व्यवसाय १८.८१ प्रतिशतले वृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको तेस्रो त्रैमाससम्म ७ लघुबीमा कम्पनीले १ अर्ब ८३ करोड २५ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।  

यो प्रिमियम रकम गत आवको सोही अवधिको त ुलनामा करिब १९ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म लघुबीमा कम्पनीहरुले १ अर्ब ५४ करोड २४ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए ।  

Bizshala
New Office
CG Motors

लघुबीमा व्यवसाय ग्रोथमा जीवन लघुबीमा कम्पनीभन्दा निर्जीवन लघुबीमा कम्पनीहरु आक्रामक देखिएका छन् । सो अवधिसम्म जीवन लघुबीमातर्फका गार्डियन माइक्रो लाइफ र क्रेष्ट  माइक्रो लाइफ इन्स्योरेन्सको व्यवसाय गत आवको तुलनामा घटेको छ भने लिवर्टी माइक्रो लाइफको बढेको छ ।  

तेस्रो त्रैमाससम्म गार्डियन माइक्रो लाइफले ३० करोड ४० लाख रुपैयाँ प्रिमिमय संकलन गरेको छ  भने क्रेष्ट माइक्रो लाइफले ३० करोड ५४ लाख रुपैयाँ प्रिमिमय संकलन गरेको छ । गार्डियनको व्यवसाय ६.६८ प्रतिशत घट्दा क्रेष्ट माइक्रो लाइफको भने ५.१६ प्रतिशतले घटेको छ ।  

यता लिवर्टी माइक्रो लाइफले २३ करोड ६० लाख रुपैयाँ बराबरको प्रिमिमय संकलन गरेको छ । यो रकम गत आवको तुलनामा १३.६२ प्रतिशत बढी हो । 

Garima Development Bank
Shivam Cement
Bizshala

निर्जीवन लघुबीमा कम्पनीहरुको भने सबैको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ । नेपाल माइक्रो इन्स्योरेन्सले २८.५३ प्रतिशत बढाएर २४ करोड ८९ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ भने प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ५८.३८ प्रतिशतले बढाएर २७ करोड ८२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ ।  

त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्सले पनि ४०.८९ प्रतिशत बढाएर २३ करोड रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ४९.०८ प्रतिशत बढाएर २२ करोड ९६ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.