Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:16:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आइएमई लाइफ इन्स्योरेन्सद्वारा ३६.७९ करोड खुद नाफा आर्जन, बीमाशुल्क आर्जन ३९% ले बढ्यो

Laxmi Sunrise Bank Limited
आइएमई लाइफ इन्स्योरेन्सद्वारा ३६.७९ करोड खुद नाफा आर्जन, बीमाशुल्क आर्जन ३९% ले बढ्यो
Shivam Cement

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३६ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ०.४३ प्रतिशतले मात्र बढी हो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ६ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको कुल आम्दानी ४ अर्ब ८२ करोड रहेको थियो । कम्पनीको खुद बीमाशुल्क आम्दानी ५ अर्ब १ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३९.१७ प्रतिशतले बढी हो । यसले कम्पनीको व्यवसाय विस्तार भईरहेको संकेत गरेको छ ।

Bizshala
New Office
CG Motors

यद्यपि, आम्दानीसँगै दाबी भुक्तानी र खर्च पनि बढेका छन् । कम्पनीले तेस्रो त्रैमाससम्म ४ अर्ब ५८ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ५१ करोड रुपैयाँभन्दा धेरै हो । साथै, कुल खर्च ५ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ, जुन ३०.१९ प्रतिशतको वृद्धि हो ।

लगानी तथा कर्जा आम्दानीबाट कम्पनीले १ अर्ब १ करोड रुपैयाँ आर्जन गरेको छ भने बीमितलाई प्रदान गरिएको कर्जाबाट ७ करोड ४१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

यस्तै कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ रहेको छ भने सेयर प्रिमियम शीर्षकमा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा प्रतिसेयर आम्दानी (ईपीएस) ९.८१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३१.४९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४५.४६ गुणा कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.