Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:04:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जीवन बीमा कम्पनीहरुले कमाए रु.४.५९ अर्ब नाफा, कुनले कति ?

Laxmi Sunrise Bank Limited
जीवन बीमा कम्पनीहरुले कमाए रु.४.५९ अर्ब नाफा, कुनले कति ?
Shivam Cement

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले चालु आवको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ५९ करोड २० लाख रुपैयाँ नाफा कमाएका छन् ।  

बीमकहरुको यो नाफा गत आवको सोही  अवधिसम्मको तुलनामा ५.५५ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्म जीवन बीमकहरुले ४ अर्ब ८६ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

सो अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्ससहित ४ कम्पनीको नाफामा उल्लेख्य गिरावट आउँदा बीमकहरुको समग्र नाफा घट्न पुगेको हो ।

गत आवको तुलनामा नाफा वृद्धि गर्ने कम्पनीहरुको पनि सामान्य मात्रै बढेको छ । तेस्रो त्रैमासमा जीवन बीमकहरुको लगानीबाट हुने आम्दानीमा त्यति प्रगति देखिएको छैन साथै कम्पनीहरुलाई दाबी भुक्तानीको दायित्वले गर्दा पनि नाफा बढाउन नसकेको देखिन्छ ।  

Bizshala
New Office
CG Motors

सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउनेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीले ४७ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ । तर कम्पनीको यो नाफा गत आवको तुलनामा ०.९९ प्रतिशत मात्रै बढी हो ।  

चैत मसान्तसम्म सबैभन्दा कम नाफा कमाउने राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । यो कम्पनीले जम्मा ४० लाख १७ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । कम्पनीको नाफा ७३ं९५ प्रतिशतले घटेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

साथै गत आवको तुलनामा सबैभन्दा नाफा ग्रोथ गर्ने कम्पनीमा भने एलआइसी नेपाल रहेको छ । यो कम्पनीले ३५.७८ प्रतिशतले नाफा बढाएको छ ।  

पोहोरको तुलनामा यस वर्ष नाफा घट्ने कम्पनीहरुमा  भने नेपाल लाइफ इन्स्योरेन्स, मेट लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स र राष्ट्रिय जीनव बीमा कम्पनी रहेका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.