Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 01:55:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘वन स्टप फाइनान्सियल प्लेटफर्म’ बन्ने लक्ष्यमा नबिल, ‘एनबैंक’बाटै अब एसआइपी, लगानी र टीएमएस सेवा

Laxmi Sunrise Bank Limited
‘वन स्टप फाइनान्सियल प्लेटफर्म’ बन्ने लक्ष्यमा नबिल, ‘एनबैंक’बाटै अब एसआइपी, लगानी र टीएमएस सेवा
Shivam Cement

काठमाडौं । नबिल बैंकले आफ्नो डिजिटल बैंकिङ प्लेटफर्म ‘एनबैंक’मार्फत लगानीसम्बन्धी सेवा विस्तार गरेको छ । ग्राहकलाई लगानी सेवा अझ सरल, सुरक्षित र पूर्ण रूपमा डिजिटल माध्यमबाट उपलब्ध गराउने लक्ष्यसहित बैंकले नयाँ सुविधा सार्वजनिक गरेको जनाएको छ ।

यसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमीटे सँग वैशाख ३१ गते समझदारी भएको थियो । उक्त समझदारीपत्रमा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं तथा नबिल इन्भेस्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए ।

Bizshala
New Office
CG Motors

बैंकका अनुसार अब एनबैंक प्रयोगकर्ताले एउटै एपमार्फत ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’ (एसआइपी) मा दर्ता गर्नेदेखि किस्ता भुक्तानीसम्मका सेवा सहज रूपमा प्रयोग गर्न सक्नेछन् । यसले ग्राहकलाई बैंकिङ र लगानी सेवा एउटै डिजिटल प्लेटफर्मबाट प्राप्त गर्ने सुविधा दिने विश्वास बैंकको छ ।

एनबैंकको होमपेजमा रहेको ‘इन्भेस्टमेन्ट, एसआइपी, टीएमएस’ आइकनमार्फत ग्राहकले एसआइपी दर्ता तथा भुक्तानी गर्न सक्नेछन् । बैंकका अनुसार यो सेवा प्रयोग गर्दा कुनै अतिरिक्त शुल्क लाग्ने छैन ।

नायब प्रमुख कार्यकारी अधिकृत बजगाईंले डिजिटल माध्यमबाट लगानी पहुँच विस्तार गर्नु बैंकको प्राथमिकता रहेको उल्लेख गर्दै नयाँ सेवाले ग्राहकलाई पूँजी बजार र लगानीतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे ।

Garima Development Bank
Shivam Cement
Bizshala

बैंकका अनुसार विदेशमा रहेका नेपालीहरूले समेत अब नेपालकै वित्तीय बजारमा सहज रूपमा सहभागी हुन सक्नेछन् । डिजिटल वित्तीय सेवाको दायरा विस्तार गर्दै एनबैंकलाई एकीकृत वित्तीय प्लेटफर्मका रूपमा विकास गर्ने रणनीतिअनुसार सेवा थप गरिएको बैंकले जनाएको छ ।

हाल नबिल बैंकले देशभर २६६ शाखा र ३१८ एटिएममार्फत सेवा दिँदै आएको छ । २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको बैंकले पछिल्ला वर्षहरूमा दिगो बैंकिङ र डिजिटल बैंकिङ विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

6 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.