Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 01:55:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि ४ जनाको नाम सर्टलिस्ट, को–को परे ?

Laxmi Sunrise Bank Limited
धितोपत्र बोर्डको अध्यक्ष पदका लागि ४ जनाको नाम सर्टलिस्ट, को–को परे ?
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पद परिपूर्तिका लागि ४ जनाको नाम सर्टलिस्ट भएको छ । सेबोन अध्यक्ष छनौट सिफारिस समितिले बोर्ड अध्यक्ष पदका लागि डा. नवराज अधिकारी, मुकुन्द कुमार क्षेत्री, डो गोपालप्रसाल भट्ट र विनयदेव आचार्यको नाम सर्टलिस्ट गरेको हो ।

समितिले आवेदन दिएका ४७ जना आवेदकमध्येबाट ४ जनाको नाम सर्टलिस्ट गरेको छ । यी ४ जनालाई अन्तरवर्ताका लागि जेठ ८ गते शुक्रबारका दिन अर्त मन्त्रालयमा बोलाइएको छ । जसमध्ये डा. नवराज अधिकारीलाई दिनको १ बजे, विनयदेव आचार्यलाई साढे १ बजे, मुकुन्द कुमार क्षेत्रीलाई २ बजे र डा.गोपाल प्रसाद भट्ट साढे २ बजे बोलाइएको छ ।

Bizshala
New Office
CG Motors

सर्टलिस्टमा परेका ४ जनामध्ये तीनजना अवकाश प्राप्त कर्मचारी हुन् भने डा. गोपाल प्रसाल भट्ट राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशन हुन् ।

Garima Development Bank
Shivam Cement
Bizshala

मन्त्रीपरिषदको गत वैशाख ८ गते बसेको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि ३ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र पूर्व बैंकर भुवन कुमार दाहाल सदस्य रहेका छन् । गुणाकर भट्टले पछि संयोजकबाट राजीनामा दिएका थिए ।

अध्यक्ष पदका लागि वैशाख २१ गतेसम्म आवेदन दिने समयावधि दिइएको थियो ।

सेबोनका तत्कालिन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले गत वैशाख ४ गते राजीनामा दिएपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको छ ।   

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

6 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.