बुधबार, असार १८,२०८२ 04:40:37
  • बुधबार, असार १८,२०८२ 04:40:37
Global IME Bank Limited

राष्ट्र बैंकद्वारा क्यूआर मार्फत हुने अन्तरदेशीय रिटेल कारोबारको मस्यौदा तयार, जेठ ३ गतेसम्म सुझाव पेश गर्न आग्रह

Hyundai Nepal
राष्ट्र बैंकद्वारा क्यूआर मार्फत हुने अन्तरदेशीय रिटेल कारोबारको मस्यौदा तयार, जेठ ३ गतेसम्म सुझाव पेश गर्न आग्रह
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले क्युआर कोड मार्फत हुने अन्तरदेशीय भुक्तानीका लागि क्यूआर कोड लगायतको प्रयोग गरी मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङ तथा अन्तर बैंक भुक्तानीमार्फत गरिने रिटेल पेमेन्ट सम्बन्धी मस्यौदा तयार पारेको छ ।  

हाल नेपाल राष्ट्र बैंक, इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्रप्राप्त अन्य निकायहरुबाट विभिन्न भुक्तानीका उपकरणहरुमार्फत नेपालबाट विदेशमा भुक्तानी गर्न तथा विदेशबाट नेपालमा भुक्तानी प्राप्त गर्न सकिने व्यवस्था रहेको छ । केन्द्रीय बैंकले मोबाइल बैंकिङ,क्यूआर कोड भुक्तानी र रिटेल पेमेन्टको इन्टिग्रसनका लागि विदेशी संस्थासँग समझदारीपत्र गर्न भने भुक्तानी प्रणालीसँग पूर्व सहमति लिनुपर्ने व्यवस्था गरेको छ ।  

यस्तै विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्रप्राप्त निकायहरु तथा भुक्तानी सम्बन्धी कारोबार गर्न अनुमतिप्राप्त संस्थामार्फत हुने अन्तरदेशीय कारोबारको नियमित विवरण बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग र भुक्तानी प्रणाली विभागमा पेश गर्नुपर्ने व्यवस्था मिलाइने राष्ट्र बैंकले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अन्तरदेशीय भुक्तानी कारोबारका लागि क्यूआरलगायतको प्रयोग गरी मोबाइल बैंकिङ्ग÷इन्टरनेट बैंकिङ्ग तथा अन्तरबैंक भुक्तानीमार्फत गरिने रिटेल पेमेन्टमा सर्वसाधारण ग्राहकलाई लाग्ने सेवा शुल्क बजार संरचनाबाटै निर्धारण हुने गरी हाललाई खुला राखिने व्यवस्था गरिएको छ । यद्यपि,आवश्यकतानुसार सेवा शुल्कमा राष्ट्र बैंकबाट समेत नियमन गर्न सक्नेछ ।  

राष्ट्र बैंकले क्रस बोर्डर भुक्तानीका लागि क्यूआर कोड लगायत प्रयोग गरी हुने कारोबारको सीमा एकैपटकमा वा पटकपटक गरी प्रति महिना १ लाख रुपैयाँसम्म गर्न सकिने प्रस्ताव गरेको छ ।  

यस्तै राष्ट्र बैंकले अन्तरदेशीय भुक्तानी कारोबारका लागि क्यूआरलगायतको प्रयोग गरी मोबाइल बैंकिङ्ग÷इन्टरनेट बैंकिङ्ग तथा अन्तरबैंक भुक्तानीमार्फत गरिने रिटेल पेमेन्ट सम्बन्धी व्यवस्थाको मस्यौदा तयार पारि सुझावको लागि आग्रह गरेको हो। गत जेठ ३ गतेसम्म सुझाव पेश गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.