Bizshala
  • सोमबार, जेष्ठ १८,२०८३ 09:34:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

देशभर आज मौसम सामान्य बदली रहने पूर्वानुमान, हिमाली र पहाडी क्षेत्रमा दिनभर बादल लाग्ने सम्भावना

Laxmi Sunrise Bank Limited
देशभर आज मौसम सामान्य बदली रहने पूर्वानुमान, हिमाली र पहाडी क्षेत्रमा दिनभर बादल लाग्ने सम्भावना
Shivam Cement

काठमाण्डौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभरको मौसम सामान्यतया बदली रहने जनाएको छ।  

महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

Bizshala
New Office
CG Motors

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।  

त्यस्तै, कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक/दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

महाशाखाले रातिको समयमा भने मौसम केही सुधार हुने जनाएको छ। राति हिमाली भू–भागमा सामान्य बदली रहने, पहाडी भू–भागमा आंशिक बदली रहने र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना छ।

यसैगरी, सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.