काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड अन्तर्गत सञ्चालित अप्पर माई जलविद्युत आयोजना (९.९८ मेगावाट) को विद्युत उत्पादन प्राविधिक समस्याका कारण अस्थायी रूपमा बन्द गरिएको छ।
कम्पनीका अनुसार आयोजनाको एक्सपान्सन ज्याइन्टमा अत्यधिक पानी चुहावट देखिएपछि आवश्यक मर्मत कार्य गर्न सुरुङ पूर्ण रूपमा खाली गर्नुपर्ने अवस्था सिर्जना भएको हो। सोही कारणले जेठ १५ गते दिउँसो ३ बजेदेखि आयोजनाको विद्युत उत्पादन बन्द गरिएको कम्पनीले जनाएको छ।
कम्पनीद्वारा जारी सूचनामा उक्त प्राविधिक समस्या समाधानका लागि मर्मत–सम्भार कार्य तत्काल सुरु गरिएको उल्लेख गर्दै एक्सपान्सन ज्वाइन्टको यथाशीघ्र मर्मत सम्पन्न गरी विद्युत उत्पादन पुनः सञ्चालनमा ल्याइने जानकारी दिइएको छ।

