काठमाण्डौ । शुक्रबार सेयरबजारमा साढे ५ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज र प्रिमियर सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नबिल स्टक डिलर, सनि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, अग्रवाल सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र भिजन सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ८० करोड ५२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५८.१८ प्रतिशत सेयर खरिद भएको छ भने ४१.८२ प्रतिशत सेयर बिक्री भएको छ ।

