Bizshala
  • आईतवार, जेष्ठ २४,२०८३ 11:21:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

युनाइटेड मोदी हाइड्रोपावरद्वारा ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह

Laxmi Sunrise Bank Limited
युनाइटेड मोदी हाइड्रोपावरद्वारा ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह
Shivam Cement

काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले विगतका आर्थिक वर्षहरूमा वितरण गरिएको तर हालसम्म पनि सेयरधनीहरूले नबुझेको नगद लाभांश दाबी गर्न सम्बन्धित सेयरधनीहरूलाई आग्रह गरेको छ।

कम्पनीले सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०७३÷७४, २०७४÷७५, २०७५÷७६ र २०७६÷७७ को नगद लाभांश पाँच वर्षसम्म पनि दाबी नगरिएका कारण उक्त रकम कम्पनी ऐन, २०६३ अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने अवस्था आएको जनाएको छ। कम्पनी ऐनको तथा लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७३ बमोजिम नबुझिएको लाभांश तोकिएको अवधिपछि लगानीकर्ता संरक्षण कोषमा स्थानान्तरण गरिने व्यवस्था रहेको छ।

Bizshala
New Office
CG Motors

कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित सेयर रजिस्ट्रार सिटिजन्स क्यापिटल लिमिटेडमा सम्पर्क गरी बाँकी रहेको नगद लाभांश प्राप्त गर्न सम्बन्धित सेयरधनीहरूलाई आग्रह गरेको छ।

तोकिएको अवधिभित्र दाबी नगरिएमा सम्बन्धित लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

यसैबीच, हालसम्म सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरूलाई सेयर अभौतिकीकरण गराउन तथा हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक नभएकाहरूलाई आवश्यक विवरण अद्यावधिक गर्न समेत कम्पनीले आग्रह गरेको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.