Bizshala
  • आईतवार, जेष्ठ २४,२०८३ 11:21:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुनको मूल्यमा भारी गिरावट, एकैदिन १४८ डलरले घट्यो

Laxmi Sunrise Bank Limited
सुनको मूल्यमा भारी गिरावट, एकैदिन १४८ डलरले घट्यो
Shivam Cement

काठमाण्डौ । अमेरिकी रोजगारीसम्बन्धी अपेक्षाभन्दा बलियो तथ्यांक सार्वजनिक भएपछि पछिल्लो कारोबार दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ३ प्रतिशतले घटेको छ। यसले अमेरिकी फेडरल रिजर्भले ब्याजदर लामो समय उच्च नै राख्ने अपेक्षालाई बलियो बनाएको छ, जसका कारण सुनमा दबाब परेको विश्लेषकहरूले बताएका छन्।

पछिल्लो कारोबारमा सुनको मूल्य ३.३२ प्रतिशत अर्थात १४८.६६ डलरले घटेर प्रतिऔंस ४ हजार ३२८ डलरमा झरेको छ। यो मूल्य मार्च पछिकै न्यून स्तर हो। साप्ताहिक रूपमा सुन करिब ४.३ प्रतिशतले घटेको छ।

Bizshala
New Office
CG Motors

अमेरिकी श्रम विभागका अनुसार मे महिनामा गैर–कृषि रोजगारी १ लाख ७२ हजारले वृद्धि भएको छ, जुन बजार अपेक्षाभन्दा निकै बढी हो। अर्थशास्त्रीहरूले करिब ८५ हजार रोजगारी वृद्धि हुने अनुमान गरेका थिए।

विश्लेषकहरूका अनुसार बलियो रोजगारी तथ्यांकले अमेरिकी अर्थतन्त्र अझै मजबुत रहेको देखिएको छ । जसका कारण फेडरल रिजर्भले ब्याजदर घटाउने सम्भावना कम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

ब्याजदर बढ्ने वा लामो समय उच्च रहने अपेक्षाले अमेरिकी ट्रेजरी बन्डको प्रतिफल बढाएको छ। यसले सुनमा लगानी गर्दा हुने अवसर लागत बढाउँछ, जसका कारण लगानीकर्ताहरूले सुन बेच्न थालेका छन्।

यसका साथै अमेरिकी डलरको बलियो बनेसँगै पनि अन्तर्राष्ट्रिय बजारमा सुनको माग कमजोर भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.