काठमाण्डौ । हाम्रो दैनिक जीवनमा प्रयोग हुने केही त्यस्ता वस्तुहरु छन्, जो एकपटक प्रयोग गरेपछि सायदै बन्द गरिन्छन् । हामीले प्रयोग गर्ने वाईफाईको राउटर पनि त्यस्तै वस्तुहरुमध्ये एक हो ।
तथापी यही कारणले अचानक इन्टरनेटको स्पीड घट्ने वा कनेक्सनमा समस्या आउनसम्म सक्छ । यस्तो हुँदा राउटरलाई बन्द गरेर फेरि शुरु गरियो भने सबै कुरा पहिले जस्तै ठीक हुन्छ । वास्तवमै कुनै डिभाइसलाई बन्द गरेर रि–स्टार्ट गर्ने तरिकाले समस्या समाधान गर्न महत्वपूर्ण काम गर्न सक्छ । तर तपाईलाई थाहा छ तपाईको वाईफाईको राउटर कुन बेला रि–स्टार्ट गर्दा उपयुक्त हुन्छ ?
राउटर रि–स्टार्ट गर्न किन आवश्यक ?
–समयसँगै फुल भएको क्याचे मेमोरी साफ हुने गर्छ । जसका कारण राउटरले राम्ररी काम गर्छ ।
–यसबाट राउटरको ब्याकग्राउण्डमा चलिरहेको प्रोसेस बन्द हुने गर्छ । जसबाट स्लो इन्टरनेट र नेटवर्क ल्याग जस्ता समस्या हराउँछ ।
–यदि कुैपनि डिभाइसबाट वाईफाई पटक–पटक डिस्कनेक्ट भईरहेको छ भने कनेक्सन स्थिर हुने गर्छ ।
–राउटरलाई केही समय बन्द गर्दा ओभरहिटबाट कुने नोक्सान पनि कम हुन्छ ।
–राउटरलाई नयाँ र फ्रेश आईपी एड्रेस प्राप्त हुन्छ । यसबाट सेक्युरिटी र स्पिड दुवै राम्रो हुन्छ ।
कति बेला र कति पटकसम्म रि–स्टार्ट गर्ने ?
राउटरलाई कम्तिमा पनि एकपटक रि–स्टार्ट गर्नुपर्छ । वास्तवमा राउटर पनि आफैमा एउटा सानो कम्प्युटर जस्तै हो । जसको आफ्नो मेमोराी र अपरेटिङ सिस्टम हुन्छ । लगातार चल्दा यसमा क्याचे मेमोरी जम्मा हुने गर्छ । केवल एकपटक रि–स्टार्ट गर्दा राउटरको मेमोरीमा जम्मा भएको क्याचे सफा हुन्छ र पुरा।नो र काम नलाग्ने ब्याकग्राउण्ड प्रोसेस बन्द हुने गर्छ र तपाईको राउटरलाई एउटा ताजा शुरुवात प्राप्त हुन्छ । जसबाट इन्टरनेटको स्पिड सधैँ एकनाश र राम्रो भईरहन्छ ।
राउटरलाई कसरी गर्ने रि–स्टार्ट ?
राउटरलाई रि–स्टार्ट गर्ने सबैभन्दा उपयुक्त तरिका भनेको राउटरको पावर प्लगलाई वाल आउटलेटबाट पूर्ण रुपमा निकाल्नु हो । यसपश्चात कम्तिमा ३० सेकेण्डदेखि १ मिनेटसम्म बन्द राख्नुपर्छ । यस्तो गर्दा राउटरको भित्र स्टोर अस्थायी करेन्ट पनि पूर्ण रुपमा नष्ट हुन्छ ।
अटोमेटिक रिबुट पनि हुन सक्छ विकल्प
यदि तपाई आफ्नो राउटरलाई रि–स्टार्ट गर्न चाहनु हुन्न भने राउटरको अटोमेटिक रिबुट सेड्युल अन गर्न सक्नुहुन्छ । यसका लागि राउटरको एप वा सेटिङमा गएर एउटा निश्चित समय निर्धारण गर्न सकिन्छ र तपाईको राउटर सोही समयमा आफै रि–स्टार्ट हुन्छ । यस्तोमा तपाईले रातको समय रोज्न सक्नुहुन्छ, ताकि इन्टरनेटको अभावमा तपाईलाई असर नपरोस् ।

