बुधबार, असार १८,२०८२ 10:35:55
  • बुधबार, असार १८,२०८२ 10:35:55
Global IME Bank Limited

एलन मस्कले एकै दिनमा गुमाए १८ अर्ब डलर, जोगिएला शीर्ष धनाढ्यको ताज ?

Hyundai Nepal
एलन मस्कले एकै दिनमा गुमाए १८ अर्ब डलर, जोगिएला शीर्ष धनाढ्यको ताज ?
Nabil Bank Limited

काठमाण्डौ । एलन मस्कको सम्पत्ति एकै दिनमा १८ अर्ब डलरले घटेको छ । विद्युतीय कार उत्पादक कम्पनी टेस्लाको सेयरमूल्य आएको गिरावटका कारण मस्कको सम्पत्ति घटेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

टेस्लाको सेयरमूल्य १२ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । मस्कले विद्युतीय कारको मूल्यमा कटौतिका बाबजुद बिक्रीमा कमी आउने आशययुक्त अभिव्यक्ति दिएपछि कम्पनीको सेयरमूल्यमा गिरावट आएको हो ।  

मस्कले सन् २०२५ सम्म कम्पनीको टेक्सस कारखानामा सस्तो नेक्स्ड जेनेरेशन इलेक्ट्रिक कार उत्पादन गर्न केन्द्रित हुने बताएका छन् ।  

यसका साथै,उनले अत्याधुनिक प्रविधि आवश्यक पर्ने भएकाले नयाँ मोडलको उत्पादन बढाउन चुनौतिपूर्ण रहेको बताएका छन् ।  

पछिल्लो एक वर्षको इन्ट्रा डेमा टेस्लाको सेयरमूल्यमा भएको यो सबैभन्दा ठूलो गिरावट हो । जसका कारण टेस्लाको बजार पूँजीकरण ८० अर्ब डलरले कम भएको छ ।  

यो गिरावटका बाबजुद पनि मस्क विश्वको शीर्ष धनाढ्यको सूचीमा यथावत् छन् । हाल उनको सम्पत्ति २०४.२ अर्ब डलर रहेको छ ।      -एजेन्सी 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.