बुधबार, असार १८,२०८२ 04:48:33
  • बुधबार, असार १८,२०८२ 04:48:33
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५% छुट

Hyundai Nepal
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५% छुट
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्डबाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ ।  

यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा खरिद १५ प्रतिशतसम्म छुट पाउनेछन् ।  

यो योजना जेठ १३ गतेदेखि ३ महिनासम्म सञ्चालनमा रहने छ । बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा रु.५०० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा रु.७५० सम्म छुट पाउनेछन् । यस योजना अवधिभर हरेक महिना १० वटासम्मको खरिदमा यो छुट पाइने छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई विशेष विशेष योजनाहरु सार्वजनिक गर्दै आएको छ ।  

यसअघि पनि ३ महिना संचालनमा रहेको यस छुट योजनामा उत्साहजनक सहभागिता भएकाले यो योजना पुनः संचालन गरिएको बैंकले जनाएको छ ।  

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढि सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.