आईतवार, पुष ६,२०८२ 11:16:52
Bizshala
  • आईतवार, पुष ६,२०८२ 11:16:52
Bizshala
Global IME Bank Limited
Bizshala

कारोबार र परिसूचक दुवै बढ्यो, जानकार भन्छन्,‘ यो सातासम्म बजार २१ सय माथि पुग्छ’

Hyundai Nepal
कारोबार र परिसूचक दुवै बढ्यो, जानकार भन्छन्,‘ यो सातासम्म बजार २१ सय माथि पुग्छ’
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.४२ प्रतिशत अर्थात ८.९० अंकले बढेर २०८२.०९ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले बढेर ३६९.०५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा कम्पनीको १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज कारोबार वृद्धि भएको छ । अघिल्लो दिन ५ अर्ब १८ करोडको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार अजयसिंह थाप(जयशम्भु)भन्छन्, ‘हिजो आजको कारोबार हेर्दा अझै पनि करेक्सन फेज नसकिएको जस्तो देखिन्छ । यद्यपी ठूलो करेक्सन हुने सम्भावना भने देखिदैन । असारको दबावले बजार २ हजार ५० सम्म एकपटक आएर माथिको यात्रा तय गर्न सक्छ ।’

प्राविधिक रुपमा पनि यस्तै अवस्था देखिएको र अधिकांश दीर्घकालिन लगानीकर्ता पनि विस्तारै बजार प्रवेश गरिरहेको थापाले बताए ।  

अर्का बजार जानकार यज्ञ घिमिरेले बजारमा बिक्रिकर्ता हाबी हुँदा बजारले सोचे अनुरुप गति लिन नसकेको बताए । ‘अहिले दीर्घकालिन लगानीकर्ता पछि परेका छन् । बजारमा केहि सकारात्मक पक्षहरु समेत छन् । राष्ट्र बैंकको लचिलो मौद्रिक नीति र चौथो त्रैमासिक प्रतिवेदन आउँदै गर्दा बजारले माथिकै यात्रा तय गर्ने देखिन्छ ।’ उनले भने ।  

यो सातासम्म बजार २१ सय विन्दुमाथि रहने प्रक्षेपण उनले गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने अन्य समूहमा रातो पोतियो । आज हाईड्रो समूहमा सबै धेरै वृद्धि देखियो । यो समूह आज २ प्रतिशतले बढ्यो ।  

CG Motors
Garima Development Bank
Bizshala

त्यस्तै विकास बैंक समूह ०.३६ प्रतिशत वित्त १.२१,लगानी समूह ०.१५,उत्पादन तथा प्रशोधन ०.११,लघुवित्त ०.६२ र निर्जीवन बीमा समूह १.२८ प्रतिशतले बढ्यो ।  

आज बैंकिङ समूह ०.०२ प्रतिशत,होटल ०.९३,जीवन बीमा ०.२४,म्युचुअल फण्ड ३.७४ अन्य ०.०३ र व्यापार समूह २.०४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज एनआरएन इन्फ्रास्ट्रकचरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४१ करोड ८७ लाख बढीको सेयर कारोबार भएको छ । यो दिन माउन्टेन इनर्जीको २४ करोड ४७ लाख,जानकी फाइनान्सको १६ करोड ७७ लाख र सिईडिबि हाईड्रोका १३ करोड ५१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज कुथेली बुखरी हाईड्रो,त्रिशुली जलविद्युत,पिपुल्स पावर र मोलुङ हाईड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । साथै आज सुपरमाई हाईड्रोको सेयरमूल्य ८.९९ प्रतिशत,सामलिङ पावरको ७.९७ र गोर्खाज फाइनान्सको सेयरमूल्य ७.१२ प्रतिशतले बढ्यो ।  

आज जानकी फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ८.६७ प्रतिशतले घट्यो । यस्तै आज बाराही हाईड्रोको सेयरमूल्य ५.२९ प्रतिशत,भगवति हाईड्रोको ४.८३ र बुद्धभूमि नेपाल हाईड्रोको सेयरमूल्य ३.०१ प्रतिशतले घट्यो ।  

IME remit
Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.