बुधबार, असार १८,२०८२ 06:24:04
  • बुधबार, असार १८,२०८२ 06:24:04
Global IME Bank Limited

कर्णाली डेभलपमेन्ट बैंकको नाफामा १९२.१५% को बढोत्तरी,खराब कर्जा अनुपात भने वृद्धि

Hyundai Nepal
कर्णाली डेभलपमेन्ट बैंकको नाफामा १९२.१५% को बढोत्तरी,खराब कर्जा अनुपात भने वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकको मुनाफामा १९२.१५ प्रतिशतको बढोत्तरी आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ४ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

जुन गत आवको सोहि अवधिको तुलानामा १९२.१५ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकको खुद मुनाफा १ क्रोड ३७ लाख रुपैयाँमा सीमित थियो ।  

बैंकको ब्याजबाट हुने आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो आवसम्म ब्याजबाट हुने आम्दानीमार्फत २८ करोड २० लाख रुपैयाँ कमाएको बैंकले समीक्षा अवधिसम्म भने २६ करोड ६९ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ ।  

बैंकको इम्प्येरमेन्ट चार्ज ३ करोड ६४ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ करोड ३७ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा १९२.१५ प्रतिशतले बढेर ४ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।  

बैंकको खराब कर्जा अनुपात भने बढेको छ । अघिल्लो आवमा ३.१७ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात बढेर ४.४७ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ९.५१ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ११०.१७ रुपैयाँ,तरलता अनुपात ३६ गुणा,मूल्य आम्दानी अनुपात ४१.७४ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०५७.८९ रुपैयाँ कायम भएकमो छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.