Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:13:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिटिजन्स बैंकको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त,बैकिङ क्षेत्रमा साढे ३ दशक लामो अनुभव

Laxmi Sunrise Bank Limited
सिटिजन्स बैंकको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त,बैकिङ क्षेत्रमा साढे ३ दशक लामो अनुभव
Shivam Cement

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको असार २४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गरेको हो ।  

बैठकले आजदेखि लागू हुनेगरि ज्ञवालीलाई बैंकको सञ्चालकमा नियुक्त गरेको हो ।

नव नियुक्त सञ्चालक ज्ञवालीसँग बैंकिंग क्षेत्रमा करिब साढे तीन दशक लामो काम गरेको अनुभव रहेको छ । शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् ।

Bizshala
New Office
CG Motors

वाणिज्य बैंकमा सहायक प्रबन्धकबाट बैंकिंग पेशा सुरु गरेका ज्ञवालीसँग नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ ।  फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ । उनी यस अघि पनि सिटिजन्स बैंकको सञ्चालकमा रुपमा रहेका थिए ।  

सिटिजन्स बैंक इन्टरनेशनलले देशैभरी फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.