बिहीबार, असार १९,२०८२ 09:11:48
  • बिहीबार, असार १९,२०८२ 09:11:48
Global IME Bank Limited

सीएनआई सर्वेक्षणः उत्पादनमूलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतको संकुचन

Hyundai Nepal
सीएनआई सर्वेक्षणः उत्पादनमूलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतको संकुचन
Nabil Bank Limited

काठमाण्डौ । आर्थिक वर्ष २०८० ८१ को तेस्रो त्रैमासमा उत्पादनमूलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतले संकुचन आएको छ ।  

नेपाल उद्योग परिसंघ (सीएनआई)ले हरेक त्रैमासमा गर्दै आएको इन्डष्ट्रि स्टाटस रिपोर्ट (आईएसआर)को पछिल्लो सर्वेक्षणले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादनमूलक उद्योगहरुको मागमा कमी आएको देखाएको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

गत वर्ष अघिल्लो वर्षको सोही अवधिको तुलनामा उत्पादनमूलक क्षेत्रको मागमा ३.०४ प्रतिशतले गिरावट आएको थियो । यस अवधिमा उत्पादन तथा सेवामूलक उद्योगहरुको संयुक्त रुपमा हेर्दा भने २.६४  प्रतिशतले मागमा कमी आएको देखिएको छ ।

यस अवधिमा उद्योगहरुको आयमा समेत ह्रास आएको पाईएको छ । 

सर्वेक्षणमा सहभागी उद्योगीहरुले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८७ प्रतिशतले आय घटेको जनाएका छन् । योभन्दा अघिल्लो  त्रैमासमा पनि १.८७ प्रतिशतले आयमा ह्रास  आएका जनाएका थिए ।  

माग र राजश्वमा आएको गिरावटका कारण सर्वेक्षणमा सहभागी कूल उद्योगहरुमध्ये ६५.५७ प्रतिशतले आगामी त्रैमासका लागि नयाँ लगानी नरहेको समेत जनाएका छन् ।  

उद्योगीहरुले अझै पनि उत्पादनका लागि जेनेरेटरको प्रयोग गर्ने गरेको पाइएको छ । यस सर्वेक्षणमा सहभागी ५४.३९ प्रतिशत उद्योगहरुले अझै पनि जेनेरेटरको प्रयोग गर्दै आएको जनाएका छन् । यसले उत्पादन लागतमा १२.८९ प्रतिशतले वृद्धि भएको पनि जनाइएको छ ।  

सर्वेक्षणका सहभागी उद्योगहरुले आफ्नो कुल चालु पुँजी कर्जा ४२.७४ प्रतिशत ऋणबाट प्राप्त गर्ने गरेको जनाएका छन् । यो अघिल्लो त्रैमासको तुलनामा २.७१ प्रतिशतले बढी हो ।  

यस किसिमको कर्जाको औसत ब्याज दर ११.२८ रहेको जनाइएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.