बिहीबार, असार १९,२०८२ 02:32:40
  • बिहीबार, असार १९,२०८२ 02:32:40
Global IME Bank Limited

नवील बैंकले बढायो लाभांश क्षमता र इपीएस, अन्य मुख्य सूचकमा पनि ग्रोथ

Hyundai Nepal
नवील बैंकले बढायो लाभांश क्षमता र इपीएस, अन्य मुख्य सूचकमा पनि ग्रोथ
Nabil Bank Limited

काठमाण्डौ । प्रतिकूल समयका बाबजुद नवील बैंकले आफ्नो लाभांश क्षमता बढाएको छ ।  

आर्थिक वर्ष २०८०-८१ मा बैंकले अघिल्लो वर्षको तुलनामा लाभांश क्षमता बढाएर १४.२६ प्रतिशत पुर्याएको हो । अघिल्लो वर्ष बंैकको लाभांश क्षमता ११.७८ प्रतिशत मात्र रहेको थियो ।  

यो बैंकको वितरणयोग्य मुनाफा पनि बढेको छ । अघिल्लो वर्ष ३ अर्ब १८ करोड वितरणयोग्य मुनाफा रहेकोमा बढेर यो वर्ष ३ अर्ब ८५ करोडको उचाईमा पुगेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो वर्ष ४ अर्ब ११ करोड रुपैयाँमा सीमित खूद नाफा बढेर ४ अर्ब ७३ करोडको उचाईमा पुगेका कारण प्रतिसेयर आम्दानी पनि २३.६७ रुपैयाँबाट वृद्धि भई २६.०९ रुपैयाँ पुगेको छ ।  

अघिल्लो वर्ष ९ अर्ब ५१ करोडमा सीमित सञ्चालन मुनाफा बढेर यो वर्ष ९ अर्ब ८४ करोड पुगेको छ भने १७ अर्ब ७४ करोड रहेको खूद ब्याज आम्दानी केही घटी १६ अर्ब २० करोड रहेको छ ।  

अघिल्लो वर्ष सम्भावित जोखिम व्यवस्थापनका लागि बैंकले ५ अर्ब ४२ करोड प्रभिजन गर्नुपरेकोमा त्यस्तो भार यसपटक घटेर ३ अर्ब २२ करोडमा सीमित भएका कारण समेत नाफामा सकारात्मक प्रभाव देखिएको हो ।  

अघिल्लो वर्ष ३.३९ प्रतिशत रहेको बैंकको ग्रस एनपीएल बढेर ३.८५ प्रतिशत पुगेको छ भने नेट एनपीएल भने १.१८ प्रतिशतबाट घटेर १.०७ प्रतिशतमा सीमित बनेको छ ।  

रिजर्बको आकार २६ अर्ब ६६ करोडबाट बढेर २८ अर्ब  ६५ करोड पुगेको छ ।  

समीक्षा अवधिसम्ममा बैंकले ४ खर्ब ६२ अर्ब ८ करोड बढी निक्षेप संकलन गरी ३ खर्ब ७३ अर्ब ९७ करोड बढी कर्जा परिचालन गरेको देखिएको छ । निक्षेपतर्फ १६.४४ प्रतिशत र कर्जातर्फ ११.४५ प्रतिशतको ग्रोथ देखिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.