बुधबार, असार १८,२०८२ 07:20:19
  • बुधबार, असार १८,२०८२ 07:20:19
Global IME Bank Limited

नेपाल र भियतनामबीच पर्यटक आदानप्रदान गर्न २ चार्टर उडान हुँदै, किस्ताबन्दीमा पनि घुम्न जान पाइने

Hyundai Nepal
नेपाल र भियतनामबीच पर्यटक आदानप्रदान गर्न २ चार्टर उडान हुँदै, किस्ताबन्दीमा पनि घुम्न जान पाइने
Nabil Bank Limited

काठमाण्डौ । काठमाण्डौको हात्तीसारमा कार्यालय रहेको रुप्से होलिडेज नेपाल र भियतनामबीच पर्यटक आदानप्रदान गर्न थप दुईवटा चार्टर उडान गर्ने सहमति भएको छ ।  

नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न यसअघि पनि कैयनपटक सफलतापूर्वक चार्टर उडान पूरा गरिसकेको रुप्से होलिडेजले दशैं लगत्तै अब थप २ चार्टर उडान गरी नेपाल र भियतनामलाई जोड्ने लागेको हो ।  

आगामी दशैंको टिका लगत्तै असोज ३० गते (अक्टोबर १६) बाट ५ दिनका लागि नेपालबाट भियतनाम र भियतनामबाट नेपाल पर्यटक आदनप्रदान गर्न चार्टर उडान गर्न लागिएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

भियतनामबाट नेपाल आउने भियतनामी पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाण्डौ दरबार स्क्वायर, पाटन दरवार स्क्वायर, स्वयम्भु र बौद्धनाथको दर्शन गराउने गरी कार्यक्रम तयार भएको छ ।  

त्यसैगरी, नेपालबाट भियतनाम घुम्न जाने पर्यटकका लागि पाँच दिनको टुर प्याकेज तयार पारिएको छ । भियतनामको राजधानी हानोई आसपासका पर्यटकीय गन्तब्यमा नेपाली पर्यटकलाई घुमाइने गरी तयारी भएको छ ।

नेपाल र भियतनामबीच सिधा उडान नहुने भएकाले चार्टर उडानमार्फत भ्रमण गराउन लागिएको हो । अन्य देश भएर भियतनाम जानुपर्दा धेरै खर्च हुने भएकाले चार्टर उडान गर्न लागिएको र दुबै देशबाट पर्यटक आउने र जाने भएकाले उडानको खर्च कम हुँदा टुर प्याकेज पनि सस्तो कायम गरिएको छ ।

कम्पनीले भियतनाम भ्रमणका लागि सबै शुल्क जोडेर १ लाख ९ हजार ९९९ रुपैयाँको प्याकेज सार्वजनिक गरेका छ । उक्त मुल्यमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको छ ।

भियतनाम टुरका क्रममा नेपाली पर्यटकलाई भियतनामको राजधानी हानोई आसपासका विभिन्न पर्यटकीय गन्तब्यहरुमा घुमाइनेछ । पहिलो दिन हानोई पुगेर यहाँ थ्री स्टार होटलमा राखिनेछ भने दोस्रो दिन उत्कृष्ठ पर्यटकीय गन्तव्य निन बिन टापुमा भ्रमण गराइनेछ । भ्रमणको तेस्रो दिन अर्को उत्कृष्ठ गन्तब्य हा लोङ बे मा क्रुज सफारी हुनेछ । भ्रमणको चौथो दिन ट्रेन स्ट्रिट भिजिट र हानोईको सिटी टुर गराई पाँचौ दिन नेपाल फर्काइनेछ ।  

कुल १ लाख ९ हजार ९९९ रुपैयाँको टुर प्याकेज भएपनि एकैपटक सबै रकम तिर्न नसक्ने पर्यटकका लागि मासिक ५ हजारको किस्ताबन्दीमा पनि घुम्न पाइनेछ । १२ महिना, १८ महिना वा २४ महिनाको मासिक किस्ताबन्दीमा रकम तिर्न सक्ने व्यवस्था कम्पनीले मिलाएको छ ।

कम्पनीले अघिल्लो वर्षदेखि नै नियमितरुपमा चार्टर उडान गरी पर्यटक आदानप्रदान गरिरहेको जनाएको छ । त्यसैको निरन्तरता स्वरुप दशैंलगत्तै थद दुईवटा उडान गर्न लागिएको हो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.