बुधबार, असार १८,२०८२ 08:27:31
  • बुधबार, असार १८,२०८२ 08:27:31
Global IME Bank Limited

आईपीओ निष्काशनको तयारीमा जुट्यो टाईम फर्मास्युटिकल्स

Hyundai Nepal
आईपीओ निष्काशनको तयारीमा जुट्यो टाईम फर्मास्युटिकल्स
Nabil Bank Limited

काठमाण्डौ । टाईम फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारी गरेको छ । गैडाकोट–०४, नवलपुरमा रहेको कम्पनीले आईपीओ निष्काशनको मुख्य अजेण्डा पारित गर्न ३० औं वार्षिक साधारण सभा डाकेको छ ।  

कम्पनीको उक्त सभा आगामी असोज १२ गते शनिबारका दिन चितवनमा रहेको सोल्टी वेस्टेन्ड रिसोर्टमा बिहानको १० बजेबाट सुरु हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त सभामा प्राथमिक सेयर निष्काशन गर्ने, प्राथमिक सेयर निष्काशनका लागि निष्कासनकर्ता कम्पनी चयन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रबन्धपत्र र नियमावली तथा प्राथामिक सेयर निष्काशनमा गरिने संसोधन/थप गर्न नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम प्रबन्धपत्र वा नियमावली संसोधन एवं परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको कम्पनीको आव २०८०/८१ को वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचि उपर छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्स्ताव समेत पारित हुनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.