आईतवार, भाद्र १,२०८२ 12:19:33
IME remit
  • आईतवार, भाद्र १,२०८२ 12:19:34
IME remit
Global IME Bank Limited

एमबीए डिग्रीसँगै विद्यार्थीलाई उच्च तलब र बोनस खुवाउने यी हुन् अचम्मका १५ विजिनेश कलेज !

Hyundai Nepal
एमबीए डिग्रीसँगै विद्यार्थीलाई उच्च तलब र बोनस खुवाउने यी हुन् अचम्मका १५ विजिनेश कलेज !
Shivam Cement

काठमाण्डौ । विजिनेश एडमिनिस्ट्रेसनमा मास्टर डिग्री(एमबीए) गर्ने विद्यार्थीले निकै धेरै फिस भर्नुपर्ने हुन्छ । तर, विश्वमा केही इन्स्टिच्यूट(कलेज))हरु यस्ता पनि छन्, जसले तपाईलाई उच्च गुणस्तरको शिक्षा मात्र प्रदान गर्दैनन्, तपाईंले एमबीए गरुञ्जेल निकै राम्रो तलब र बोनस समेत दिने गर्छन । स्यालरी बेञ्चमार्क वेबसाइट  भ्mयगिmभलतले सन् २०११, २०१२ र २०१३ मा ग्राजुएट भएका १ हजार २० एमबीए होल्डर्सको तलबको विश्लेषण गरी छानिएका युनिभर्सिटीको सूचि बनाएको छ । छानिएकामध्ये १५ वटा कलेजले गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई निकै आकर्षक तलब र बोनस समेत उपलब्ध गराउँछन् । यस्ता विश्वविद्यालयमा प्रवेश गर्न मात्र सक्ने हो भने पढाईको साथमा रातारात करोडपति भइन्छ । यसरी विद्यार्थीलाई अध्यापनको साथमा उच्च तलब र बोनस दिने कलेजहरु सबैभन्दा बढी अमेरिकामा रहेका छन् । हेरौं १५ कलेज, जसले पढाईको साथमा विद्यार्थीलाई राम्रो तलब र बोनस उपलब्ध गराउँछन ः

शिकागो बुथ स्कूल अफ बिजिनेश, शिकागो अमेरिका

तलबः करिब १ करोड ६० लाख रुपैयाँ

बोनसः ७३ लाख रुपैयाँ

कुल कम्पेनसेसनः २ करोड ३३ लाख रुपैयाँ  

कोलम्बिया विजिनेश स्कूल, न्यूयोर्क अमेरिका

तलबः करिब १ करोड ६० लाख रुपैयाँ

बोनसः ६४ लाख रुपैयाँ

कुल कम्पेनसेसनः २ करोड २४ लाख रुपैयाँ

जज विजिनेश स्कूल, क्याब्रिज, यूके

तलबः करिब १ करोड ६० लाख रुपैयाँ

बोनसः ५५ लाख रुपैयाँ

कुल कम्पेनसेसनः २ करोड १५ लाख रुपैयाँ

 

 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

हार्वर्ड विजिनेश स्कूल, बोस्टन, अमेरिका

तलबः करिब १ करोड ५० लाख

बोनसः  ५० लाख

कुल कम्पेनसेसनः २ करोड रुपैयाँ

वार्टन स्कूल, पेन्सलवेनिया, अमेरिका

तलबः १ करोड ४६ लाख रुपैयाँ

बोनसः ४२ लाख रुपैयाँ

कुल कम्पेनसेसनः १ करोड ८८ लाख रुपैयाँ

स्र्टन स्कूल अफ विजिनेश, न्यूयोर्क अमेरिका

तलबः १ करोड ४९ लाख रुपैयाँ

बोनसः ३८ लाख रुपैयाँ

कुल कम्पेनसेसनः १ करोड ८७ लाख रुपैयाँ

केलग स्कूल अफ मेनेजमेन्ट, अमेरिका

तलबः १ करोड ४९ लाख रुपैयाँ

बोनसः २७ लाख रुपैयाँ

कुल कम्पेनसेसनः १ करोड ७६ लाख रुपैयाँ

जोन्सोन कर्नेल युनभरसिटी,न्यूयोर्क अमेरिका

तलबः १ करोड ३६ लाख रुपैयाँ

बोनसः २७ लाख रुपैयाँ

कुल कम्पेनसेसनः १ करोड ६३ लाख रुपैयाँ

इन्सीड, फोन्टेनब्ल्यू, फ्रान्स

तलबः १ करोड २७ लाख रुपैयाँ

बोनसः २२ लाख रुपैयाँ

कुल कम्पेनसेसनः १ करोड ४९ लाख रुपैयाँ  

रोज स्कूल अफ विजिनेश, मिसेगन, अमेरिका

तलबः १ करोड ३२ लाख रुपैयाँ

बोनसः १४ लाख रुपैयाँ

कुल कम्पेनसेसनः १ करोड ४६ लाख रुपैयाँ

लण्डन विजिनेश स्कूल, यूके

तलबः १ करोड २१ लाख रुपैयाँ

बोनसः २४ लाख रुपैयाँ

कुल कम्पेनसेसनः १ करोड ४५ लाख रुपैयाँ

हङकङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी

तलबः १ करोड १५ लाख रुपैयाँ

बोनसः २२ लाख रुपैयाँ

कुल कम्पेनसेसनः १ करोड ३७ लाख रुपैयाँ

वारविक विजिनेश स्कूल, वारविक यूके

तलबः १ करोड १५ लाख रुपैयाँ

बोनसः ७ लाख रुपैयाँ

कुल कम्पेनसेसनः १ करोड २२ लाख रुपैयाँ

म्यान्चेस्टर विजिनेश स्कूल, यूके

तलबः १ करोड ४ लाख रुपैयाँ

बोनसः १४ लाख रुपैयाँ

कुल कम्पेनसेसनः १ करोड १८ लाख रुपैयाँ

सेड विजिनेश स्कूल, अक्सफोर्ड, यूके

तलबः १ करोड ६ लाख रुपैयाँ

बोनसः ११ लाख रुपैयाँ

कुल कम्पेनसेसनः १ करोड १७ लाख रुपैयाँ

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.