बिहीबार, असार १९,२०८२ 03:02:04
  • बिहीबार, असार १९,२०८२ 03:02:04
Global IME Bank Limited

सिद्धार्थ बैंकको वित्तीय अवस्थामा सुधार, नाफामा ७४१% को उछाल आउदा अन्य सूचकको अवस्था कस्तो ?

Hyundai Nepal
सिद्धार्थ बैंकको वित्तीय अवस्थामा सुधार, नाफामा ७४१% को उछाल आउदा अन्य सूचकको अवस्था कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो वित्तीय अवस्थामा सुधार गरेको छ । चालु आवको पहिलो त्रैमाससम्म बैंकले अधिकांश वित्तीय सूचकमा राम्रो प्रगति गरेको देखिएको छ । बैंकले समीक्षा अवधिसम्म अघिल्लो आवको तुलनामा ७४१.४१ प्रतिशत बढी नाफा आर्जन गरेको छ ।  

बैंकले यो अवधिमा ३८ करोड २० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ४ करोड २८ लाख रुपेयाँ खुद नाफा कमाएको थियो । बैंकले खुद ब्याज आम्दानी पनि ६ प्रतिशतले बढाउदै २ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो आवको पहिलो त्रैमाससम्म २ अर्ब ४७ करोड रुपैयाँबराबरको खुद सञ्चालन आम्दानी गरेको बैंकले समीक्षा अवधिसम्म भने २ अर्ब ६९ करोड रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । बैंकले सम्भावित घाटाका लागि १ अर्ब ५० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । यो अवधिसम्म बैंकको खराब कर्जा अनुपात ३.४४ प्रतिशतबाट बढेर ३.९१ प्रतिशत पुगेको छ ।  

यस्ते बैंकको रिटेन्ट अर्निङ ३६ करोड ६६ लाख रुपैयाँबाट घटेर २६ करोड ४३ लाख रुपैयाँमा सीमित बनेको छ । रिजर्भको आकार भने १३ अर्ब २१ करोड रुपैयाँबाट घटेर १४ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।  

२ खर्ब ४३ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गरेको बैंकले समीक्षा अवधिसम्म २ खर्ब ८४ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २६ करोड ४३ लाख रुपैयाँ रहेको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी १०.६४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०१.७२ रुपैयाँ, पीई अनुपात ३५.४० गुणा र तरलता अनुपात २७.९१ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.